१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

सुन्दर देवदह र विकसित देवदहको निर्माणका लागि एमालेको जित आवश्यक : धुर्ब्र खरेल



बुटवल । देवदह नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार धुर्ब्र खरेलले सुन्दर देवदह र बिकसित देवदहको निर्माणका लागि नेकपा एमालेका उम्मेदवारहरुको विजय आवश्यक रहेको बताएका छन् ।

शुसासन र समृद्धि समाजवादको आधार देवदहमा नेकपा एमालेको सरकार भन्ने अगाडी बढेको एमालेको जितबाट मात्रै देवदहको समृद्धि सम्भव हुने तथा आफुले निर्वाचनका क्रममा मतदातासंग राखेका प्रतिवद्धतालाई कार्यान्वयन गर्न कुनै कन्जुस्याई नगर्ने बताए ।

एमाले संग मात्रै देश बिकासको स्पष्ट दृष्टीकोण छ सोही अनुसार देवदहको समृद्धि को योजना लिएर हामी निर्वाचनमा होमीएका छौं त्यो योजना सफल बनाउन पनि एमालेको जित आवश्यक छ । खरेलले भने । देवदहमा रहेका पर्यटकीय सम्भावना रहेका क्षेत्रहरुको बिकास प्रर्वधन र प्रचार प्रसारको योजनाका तिनिहरुको संरक्षण गर्ने कार्यकार्यका लागि नेकपा एमालेले जित्नु पर्ने आबश्यकता रहेको बताए ।

नेकपा एमाले देवदह निर्वाचन परिचालन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खरेलले देवदहमा लामो समयदेखि समस्याको रुपमा रहेको भुमिहिन, अब्यवस्थीत बासोबास र लालपुर्जा विहिनहरुको समस्या समाधान गर्ने काममा योजनाबद्ध ढंगले लाग्ने प्रतिबद्धता जनाए ।
खरेलले नगरभित्रका बालबालिकाहरुलाई विद्यालयको पहुंचमा पुर्याउने, आगामी ५ बर्ष भित्र नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसार आवश्यक पुर्वाधारहरु तयार गर्ने योजना पत्रकार सम्मेलनमा सुनाए ।

उनले देवदह आदर्श बहुमुखी क्याम्पसको भौतिक स्तर बृद्धी गरी अनुुसन्धान केन्द्रको रुपमा विकास गर्ने एक विद्यालय एक स्वास्थ्यकर्मी र एक शिक्षक एक ल्यापटपको व्यवस्था मिलाउने जस्ता कार्यक्रम अगाडी सार्दै एमालेले नगरको समग्र बजेटको २० प्रतिशत शिक्षामा लगाउने योजना बनाएको छ ।

त्यसैगरी प्रांगारिक मलको प्रयोगलाई प्रोत्साहन गरी कृषि उत्पादनमा जोड दिने बिशेषताका आधारमा कृषि तथा पशुपन्छी पकेट जोन माटोको परिक्षण गरी माटो अनुकुलकोख उत्पादनलाई प्रोत्साहन कार्यक्रम सन्चालन गर्ने कृर्षिको यन्त्रीकरण र कृषि उपजको बजारीकरण गर्ने एमालेको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

सडक तथा पुर्वाधारहरुको निर्माण र देवदह ९चक्रपथ० निर्माणका लागि सम्भाब्यता अध्यायन र त्यसको कार्यान्वयन गर्ने खरेलले पत्रकार सम्मेलनमा खरेलले आफ्नो धेय रहेको बताए ।
उनले एसईई उच्च शिक्षामा नजोडिएका युवाहरुलाई रुचिका अधारमा प्राविधीक शिक्षाको प्रबन्ध र वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि शिपमुलक तालिम र लघुउद्यम र उद्यमशिलताको विकास गर्ने योजना एमालेको रहेको बताए ।

खरेलले स्थानीय भाषा संस्कृतीको संरक्षण गरी मौलिक संस्कृतीको प्रवद्र्धन स्थानीय मेला पर्व र जात्रालाई बिशेष महत्व दिई देवदह प्रज्ञा प्रतिष्ठानको भवन निर्माण जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए ।

खरेलले देवदहलाई सुचनाको हक प्रत्याभुत हुने गरी नागरिकले सुचना पाउने र सन्चार माध्यमको विकासका लागि आवश्यक कार्यक्रम तय गरिने बताए ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ९ : २७ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका