३० बैशाख २०८३, बुधबार | May 13, 2026

सुन्दर देवदह र विकसित देवदहको निर्माणका लागि एमालेको जित आवश्यक : धुर्ब्र खरेल



बुटवल । देवदह नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार धुर्ब्र खरेलले सुन्दर देवदह र बिकसित देवदहको निर्माणका लागि नेकपा एमालेका उम्मेदवारहरुको विजय आवश्यक रहेको बताएका छन् ।

शुसासन र समृद्धि समाजवादको आधार देवदहमा नेकपा एमालेको सरकार भन्ने अगाडी बढेको एमालेको जितबाट मात्रै देवदहको समृद्धि सम्भव हुने तथा आफुले निर्वाचनका क्रममा मतदातासंग राखेका प्रतिवद्धतालाई कार्यान्वयन गर्न कुनै कन्जुस्याई नगर्ने बताए ।

एमाले संग मात्रै देश बिकासको स्पष्ट दृष्टीकोण छ सोही अनुसार देवदहको समृद्धि को योजना लिएर हामी निर्वाचनमा होमीएका छौं त्यो योजना सफल बनाउन पनि एमालेको जित आवश्यक छ । खरेलले भने । देवदहमा रहेका पर्यटकीय सम्भावना रहेका क्षेत्रहरुको बिकास प्रर्वधन र प्रचार प्रसारको योजनाका तिनिहरुको संरक्षण गर्ने कार्यकार्यका लागि नेकपा एमालेले जित्नु पर्ने आबश्यकता रहेको बताए ।

नेकपा एमाले देवदह निर्वाचन परिचालन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खरेलले देवदहमा लामो समयदेखि समस्याको रुपमा रहेको भुमिहिन, अब्यवस्थीत बासोबास र लालपुर्जा विहिनहरुको समस्या समाधान गर्ने काममा योजनाबद्ध ढंगले लाग्ने प्रतिबद्धता जनाए ।
खरेलले नगरभित्रका बालबालिकाहरुलाई विद्यालयको पहुंचमा पुर्याउने, आगामी ५ बर्ष भित्र नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसार आवश्यक पुर्वाधारहरु तयार गर्ने योजना पत्रकार सम्मेलनमा सुनाए ।

उनले देवदह आदर्श बहुमुखी क्याम्पसको भौतिक स्तर बृद्धी गरी अनुुसन्धान केन्द्रको रुपमा विकास गर्ने एक विद्यालय एक स्वास्थ्यकर्मी र एक शिक्षक एक ल्यापटपको व्यवस्था मिलाउने जस्ता कार्यक्रम अगाडी सार्दै एमालेले नगरको समग्र बजेटको २० प्रतिशत शिक्षामा लगाउने योजना बनाएको छ ।

त्यसैगरी प्रांगारिक मलको प्रयोगलाई प्रोत्साहन गरी कृषि उत्पादनमा जोड दिने बिशेषताका आधारमा कृषि तथा पशुपन्छी पकेट जोन माटोको परिक्षण गरी माटो अनुकुलकोख उत्पादनलाई प्रोत्साहन कार्यक्रम सन्चालन गर्ने कृर्षिको यन्त्रीकरण र कृषि उपजको बजारीकरण गर्ने एमालेको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

सडक तथा पुर्वाधारहरुको निर्माण र देवदह ९चक्रपथ० निर्माणका लागि सम्भाब्यता अध्यायन र त्यसको कार्यान्वयन गर्ने खरेलले पत्रकार सम्मेलनमा खरेलले आफ्नो धेय रहेको बताए ।
उनले एसईई उच्च शिक्षामा नजोडिएका युवाहरुलाई रुचिका अधारमा प्राविधीक शिक्षाको प्रबन्ध र वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि शिपमुलक तालिम र लघुउद्यम र उद्यमशिलताको विकास गर्ने योजना एमालेको रहेको बताए ।

खरेलले स्थानीय भाषा संस्कृतीको संरक्षण गरी मौलिक संस्कृतीको प्रवद्र्धन स्थानीय मेला पर्व र जात्रालाई बिशेष महत्व दिई देवदह प्रज्ञा प्रतिष्ठानको भवन निर्माण जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए ।

खरेलले देवदहलाई सुचनाको हक प्रत्याभुत हुने गरी नागरिकले सुचना पाउने र सन्चार माध्यमको विकासका लागि आवश्यक कार्यक्रम तय गरिने बताए ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ९ : २७ बजे

प्रधानमन्त्री बालेन्द्रको राजीनामा माग गर्दै संसद अवरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरिएको

यातायात व्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी

पोखरा। यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको

संसदमा प्रधानमन्त्री बालेन्द्रको खोजी, रुलिङ गरेर बोलाउन प्रमुख प्रतिपक्षको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री

मन्त्रिपरिषद् : कार्यविभाजन नियमावली २०८३ स्वीकृत, विद्युतीय सुशासन आयोग आदेश संशोधन

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल सरकारको

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका-२ रातामाटेमा