३० बैशाख २०८३, बुधबार | May 13, 2026

छाङ्गरु र तिंकरमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पठाइयो



दार्चुला । कालापानी नजिकै दार्चुलाको उत्तरी क्षेत्र व्याँसमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको छ ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि व्याँस गाउँपालिका-१ छाङ्गरु र तिंकरका मतदान केन्द्रमा सेनाको हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको हो ।

साे क्षेत्रमा नेपाली भूमिबाट जाने बाटो नभएकाले हेलिकप्टरमार्फत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मी लगिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

सोमबार बिहान सेनाको हेलिकप्टरमार्फत छाङ्गरु र तिंकरका मतदान केन्द्रका लागि मतपत्र, मतदाता परिचयपत्रलगायत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरुलाई पठाइएको छ ।

७ जना नेपाल प्रहरी र ८ जना निर्वाचन कर्मचारी हेलिकोप्टरमार्फत त्यस क्षेत्र गएका छन् । हिउँदमा सदरमुकाम झरेको सीमा प्रहरी चौकी तिंकरका सुरक्षाकर्मी बन्दोबस्तीमा सामानसहित हेलिकोप्टरमार्फत गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हिक्मत थापाले बताए ।

छाङ्गरुको कैलाशपति आधारभूत विद्यालय केन्द्रमा ३७५ र तिंकरको आधारभूत विद्यालय मोति महिला संघ केन्द्रमा २३१ मतदाता छन् । सो क्षेत्रका बासिन्दा वैशाख तेस्रो सातादेखि सदरमुकामबाट व्याँस उक्लन थालेका छन् । जिल्लामा ८८ हजार २ सय १५ मतदाता रहेका छन् ।

 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ९ : ४० बजे

ईक्यान रुपन्देही र बुटवल हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देही र बुटवल

यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको अधिकारको विषयमा छलफल

बुटवल । निल हिरा समाज, रुपन्देहीको आयोजनामा बुधबार भैरहवामा यौनिक

दूरसञ्चार क्षेत्र सुधारमा सरकार गम्भीर, ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले

नीति तथा कार्यक्रम कार्यान्वयनमा उतार्न रुपन्देही चेम्बरको माग

बुटवल । चेम्बर अफ कमर्स रुपन्देहीले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक

प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा उपस्थित नभएपछि उत्पन्न