५ पुस २०८२, शनिबार | December 20, 2025

कांग्रेसको प्रश्न : केपी ओली सबै कोणबाट असफल भैसकेका छन, अब के मुखले भोट माग्दैछन् ?



नेपाली काँग्रेसले एमाले अध्यक्ष केपी ओलीले जनतामा गएर मत माग्ने कुनै आधार नरहेको दावी गरेको छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले सुशासन, कानुनी शासन, संविधानको रक्षा र मुलुकको विकास कुनै पनि अर्थमा ओली असफल भएको भन्दै उनलाई जनतामा गएर मत माग्नै कुनै आधार नरहेको बताएका हुन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले ओलीले नचाहेपनि लोकतन्त्रलाई बलियो बनाउन, संविधानलाई बलियो बनाउन सत्तारुढ गठबन्धन सँगसँगै अघि जाने विश्वास समेत व्यक्त गरे । उनले सत्तारुढ दलमा आवद्ध अन्य दलहरुले पनि ओलीलाई साथ दिने कुनै सम्भावना नरहेको बताए ।

प्रवक्ता महतले भने, ‘केपी ओली सबै कोणबाट असफल भईसकेका छन । अव के मुखले उहाँले भोेट माग्ने ? पाँच वर्षका लागि निर्वाचित सरकार साँढे ३ वर्षमै दुई पटक हात उठायो । उहाँले बर्बाद गरेपछि सरकारले नेतृत्व काँग्रेसले लिनुप-यो । अव उहाँले सुशासनका कुरा, कानुनी शासनको कुरा, संविधानको कुरा, विकासको कुरा, भ्रष्टाचारमुक्त शासनको कुरा गर्न मिल्छ । कमिशनको पर्खाईमा रहँदा कोभिडको बेहालस्थिति बनाइयो । अहिले व्यवस्थापन भएको छ । कमिशनका काण्ड नियन्त्रण गरिएको छ । अव हामीले गठबन्धनलाई अगाडि बढाऔं । यद्यपि उहाँले यो रहँदैन, चल्दैन भन्नु भएको छ । हो, उहाँ त अवश्य पनि नचलोस भन्ने चाहनुहुन्छ । हामीलाई सिन्सियर छौं । काँग्रेस, यो लोकतन्त्रलाई बलियो पार्न, संविधानलाई बलियो पार्नका लागि यो सहयात्रा गर्न हामी तयार छौं । हामीलाई विश्वास छ–हाम्रा सहयात्री दलहरु पनि त्यही मान्यता अनुसार उहाँहरु ओलीतिर जानु हुन्न । र यो लोकतान्त्रिक यात्रामा अगाडि बढनुहुनेछ भन्ने हामीलाई लागेको छ । कुनै पनि मानेमा ओलीजीले फेरी पनि मत माग्ने आधार छैन । स्थानीय निकायकै कुरा गर्ने हो भने पनि १० वटा उत्कृष्ट कार्य सम्पादन मध्ये ६ वटा हाम्रो उत्कृष्ट छ । बाँकि ३ वटामा पनि अन्य सहयोगी दलहरु एउटा मात्रै उहाँको उत्कृष्ट देखिएको छ । स्थानीय कोणबाट हेर्दा पनि हामीनै बलियो छौं । राष्ट्रिय कोणबाट हेर्दा पनि नेपाली काँग्रेसको नेतृत्व नै ठिक देखिन्छ । हामी जब्बरजस्ती तन्त्र चल्न दिँदैनौं । कहीँ पनि नेपाली काँग्रेसका कार्यकताहरुले निर्वाचनको दौरानमा आक्रमण गरेका छैनन् । हामी स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्छौं । हामी सत्ताको दूरुपयोग कहिल्यैं गर्दैनौं । उहाँहरुको जस्तो आफ्नो हातमा परेपछि पुलिस प्रशासन त्यही बाटोमा हुनुहुन्थ्यो उहाँहरु । पार्टी अनुकूल होईन, उहाँको अनुकूल बनाउँदै हुनुहुन्थ्यो । सबैले विना डर मताधिकार प्रयोग गर्न पाउँछन । तर उल्टो हामीमाथि ठाउँठाउँमा आक्रमण भईरहेको छ ।’

प्रवक्ता महतले निर्वाचनको शिलशिलामा रुकुम पश्चिम, महोत्तरी, नुवाकोट, सिन्धुपाल्चोकसहितका जिल्लाहरुमा आफ्ना पार्टीका कार्यकर्ताहरुमाथि आक्रमण गरेको भन्दै आपत्ति जनाए । उनले ओलीलाई निर्वाचन आचारसंहिताको पालना गर्न सचेत गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराए । प्रवक्ता महतले नेपाली काँग्रेसको सभापतिको हैसियतले प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचनमा प्रचार गएकाले निर्वाचन आचारसंहिता उलंघन गरेको भन्न नमिल्ने पनि जिकिर गरे ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १२ : ४० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता