८ बैशाख २०८१, शनिबार | April 20, 2024

बुटवलमा एमालेका मेयर पदका उम्मेदवार घरघरमा चिट्ठी पठाउँदै भोट माग्दै



बुटवल । स्थानीयतहको निर्वाचनका दिन नजिकिंदै गर्दा उम्मेदवारहरुले मतदातासंग मत माग्ने फरक फरक शैली अपनाउन थालेका छन् । घरदैलोमा हिँडिरहेका उम्मेदवारहरु मौन आवधि सुरुहुन पूर्व मतदाताहरुलाई फकाउन नयाँ शैली पनि खोजि रहेका छन् ।

बुटवल उपमहानगरपालिकामा एमालेबाट मेयर पदमा उम्मेदवार भएका बावुराम भट्टराईले मतदातासंग मत माग्न हातैले लेखेको चिट्ठी मतदाताको घरघरमा पठाउन थालेका छन् । उनले मतदातालाई लेखेको चिट्ठीमा ‘प्रिय…….कुशल छु ,सपरिवार कुशल हुनुहुन्छ भन्ने कामना गर्दछु’ बाट सुरु गरेर मतदाताहरुलाई दर्जा अनुसारको ढोग समेत गरेका छन् ।

बुटवल उपमहानगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार भट्टराईको चिठ्ठी एक्कासी हात परेपछि दीपनगरका कमल बहादुर थापा अचम्मीत भए । २०४६ साल अघिदेखि संगै राजनीति गरेका सहकर्मी बाबुरामले हातैले लेखेका चिट्ठीमा भएको अक्षरचिन्न थापालाई गारो भएन ।

‘हामी पुराना जमानाका मान्छे, भूमिगतकालमा यसरी पत्र पठाउने र जवाफ कुरेर बस्ने प्रचलन थियो,यस्ता चिठ्ठी देखेपछि त्यहीबेलाको याद आउंछ’—उनले भने ।

भूमिगतकालमा विशेष राजनीतिक योगदान पुर्याएका बाबुराम भट्टराइले आफ्नै हातले लेखेको पत्र अहिले बुटवलमा चर्चामा छ । भट्टराइले सहकर्मी र आफन्तलाई अलग–अलग सम्वोधन गरेको पत्र पठाएका छन् । उनले सहकर्मीहरुलाई ‘प्रिय…’र आफन्त तथा आममतदातालाई ‘श्री…साइनो अनुसारको ढोग तथा नमस्ते’ लेखेका छन् ।

उनले आफ्नो पत्रमा ‘हाम्रो बटौलीलाई तपाई हामीले सोंचे जस्तो सुन्दर,शान्त,हराभरा र ब्यवस्थित शहर बनाउने तपाई र हाम्रो चाहना पुरा गर्न यसपटक सुर्य चिन्ह लिएर उम्मेदवारी दिएको छु’ भन्ने ब्यहोरा पनि उल्लेख गरेका छन् । उनले चिठ्ठीमार्फत साइनो गांस्दै आफु र आफ्नो सम्पूर्ण टिमलाई अमूल्य मत दिन अनुरोध समेत गरेका छन् ।

भट्टराइले लेखेको उक्त चिठ्ठी नेकपा एमाले नगर कमिटीले प्रत्येक मतदाताका घरमा पुर्याउंदै छ । मंगलवार सांझ सम्म सवै मतदाताका घरमापत्र पठाइसक्ने योजना रहेको एमाले बुटवल नगर अध्यक्ष किशन ज्ञवालीले बताए ।

बुटवलका पुराना ब्यवसायी भट्टराईले ३२ सालदेखि औषधि ब्यवसायगर्दै आएका थिए । उनी स्वास्थ्यकर्मी समेत हुन् । भूमिगतकालमा उनका घरमा मदन भण्डारी,जीवराज आश्रित, केपीशर्मा ओली,बामदेव गौतम लगायतका नेताहरुले आश्रय लिन्थे ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ४ : २१ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु