७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

आज मध्यरातिबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँदैन ?



काठमाडौं । स्थानीय तहकाे मतदानकाे पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातिदेखि माैन अवधि सुरु हुँदैछ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयाेगले जनाएकाे छ ।

आयाेगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउन निर्देशन दिएकाे छ ।

निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा के गर्न पाइँदैन ?

-मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा-सम्मेलन, कार्यशाला, गोष्ठी गर्न नहुने

– निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने

– मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिहृन तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने

– एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने

-मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने

 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ६ : ४३ बजे

बुटवलको एक होटलमा बाबुले गरे छोरीको हत्या

बुटवल । बुटवलको एक होटलमा बाबुले छोरीको हत्या गरेको छन

क्यानडामा विदेशी नागरिकलाइ सन् २०२७ सम्म घर किन्न प्रतिबन्ध

क्यानडा । विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । आज बैशाख ७ गते । अर्थात बुटवलको जितगढीमा

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज