१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

आइपिएल : कोलकाताको पाँचौ जित, मुम्बई पराजित



काठमाडौं । मुम्बई इण्डियन्सलाई ५२ रनले पराजित गर्दै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा पाँचौ जित निकालेको छ ।

सोमबार राति कोलकाताले दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै जम्मा ११३ रन मात्र बनायो ।

मुम्बईका इशान किशनले सर्वाधिक ५१ रन बनाए । यस्त केइरन पोलार्डले १५ रनको योगदान गरे । कोलकाताका प्याट कमिन्सले ३ विकेट लिए ।

यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभर ९ विकेट गुमाएर १६५ रनक योगफल तयार पारेकाे थियाे ।

कोलकाताका नितिश राना र भेन्काटेस एयरले समान ४३ रन बनाए । अजिन्का रहानेले २५ रनको योगदान गरे । मुम्बईका जस्प्रित बुम्राहले ५ विकेट लिए ।

जितसँगै कोलकाता १२ खेलबाट १० अंक जोडेर सातौ स्थानमा छ । मुम्बई ११ खेलमा ४ अंक जोडेर पुछारमा छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : १० बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा