१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

१९ अर्ब रुपैयाँ बैंकबाट बाहिरियो, १३ अर्ब रुपैयाँ अझै बाहिर



काठमाडौं । एक महिनामा १९ अर्ब रुपैयाँ बैंकबाट बाहिरिएकोमा ६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा भित्रिएको छ । बैंकिङ प्रणालीबाट बाहिरिएको १३ अर्ब रुपैयाँ अझै बैंकिङ प्रणालीमा भित्रिएको छैन ।

चुनावको तयारी थालिएसँगै १ महिनाअघि ५६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा ह्वात्तै भित्रिएको थियो । चुनावका लागि बैंकिङ प्रणालीबाट बाहिरिएको १९ अर्बमध्ये १३ अर्ब चुनावलगत्तै फेरि बैंकमा नै फर्किने अपेक्षा गरिएको छ ।

निर्वाचन नजिकिँदै थालेसँगै बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप विस्तारै अहिले बढ्न थालेको छ । विगतमा निक्षेप संकलनमा समस्या हुँदै आएकोमा गत साता भने बैंकिङ प्रणालीको निक्षेपमा राम्रो सुधार भएको छ । नेपाल बंैकर्स एसोसिएसनका अनुसार निक्षेपमा सुधार र कर्जा लगानीमा संकुचन हुँदा बैंकको सीडी रेसियोमा पनि सुधार भएको छ ।

बैंकर्स एसोसिएसनका अनुसार पछिल्लो एक सातामा निक्षेप ५ अर्बले वृद्धि भएको छ भने कर्जा लगानी ४ अर्ब रुपैयाँले घटेको छ । वैशाख १६ गते ४३ खर्ब ६८ अर्ब रहेको वाणिज्य बैंकहरूको निक्षेप वैशाख २३ गते ४३ खर्ब ७३ अर्ब पुगेको छ ।

यसैगरी वैशाख १६ गते ४१ खर्ब ९७ अर्ब रहेको कर्जा लगानी २३ गते ४१ खर्ब ९३ अर्ब रुपैयाँमा सीमित भएको छ ।

गत चैतको अन्तिम सातादेखि निरन्तर रूपमा घट्न थाले निक्षेप चुनाव नजिकिएसँगै वाणिज्य बैंकहरूमा निक्षेप आउन थालेको हो । चैत मसान्तमा ४३ खर्ब ८९ अर्ब रहेको निक्षेप वैशाखको पहिलो सातामा ४३ खर्ब ७७ अर्बमा सीमित भएको थियो । दोस्रो साता ४३ खर्ब ६७ अर्बमा समिति भएकोमा तेस्रो सातामा आएर ४३ खर्ब ६८ अर्ब भएको थियो । वैशाखको चौंथो सातामा भने ४३ खर्ब ७३ अर्ब थपेको छ ।

नेपाल बैंकर्स संघका अनुसार वैशाखको चौंथो सातामा ६ अर्ब रुपैयाँ नेपाली मुद्रामा बचत भएको छ । विदेशी मुद्रामा बचत तेस्रो साता र चौंथो सातामा समान नै रह्यो । वैशाखको दोस्रो साता विदेशी मुद्रामा २ अर्ब निक्षेप संकलन भएको थियो ।

कर्जातर्फ भने चैतको अन्तिम साता ४१ खर्ब ९७ अर्ब रहेकोमा वैशाखको पहिलो साता ४१ खर्ब ९५ अर्ब भएको थियो । दोस्रो सातामा ४१ खर्ब ९४ अर्ब रहेकोमा तेस्रो सातामा ४१ खर्ब ९७ अर्ब कर्जा प्रवाह भएको थियो । गत साता ४ अर्ब रुपैयाँ मात्र कर्जा थप प्रवाह भएको थियो ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार चैतको अन्तिम साता नेपाली मुद्रामा निक्षेप ४२ खर्ब ७७ अर्ब रुपैयाँ पुगेकोमा सो निक्षेप परिपूर्ति हुन अझै १३ अर्ब संकलन हुनुपर्नेहुन्छ ।

चैतको चौंथो सातामा ४२ खर्ब २१ अर्ब रहेको निक्षेप अन्तिम सातामा ह्वातै ५६ अर्ब रुपैयाँ नेपाली मुद्रा निक्षेप संकलन भएको थियो । त्यसपछि निक्षेप प्रत्येक साताजसो घट्दै गएकोमा गत साताबाट निक्षेप बढ्न थालेको देखिएको छ ।

निर्वाचनका लागि बैंकिङ च्यानलमा आएको रकम बाहिर जाँदै पुनः खर्च भएर बैंकमा आउन थालेको बैंकहरूको बुझाइ छ । नेपाल बैंकर्स संघका अनुसार वैशाखको पहिलो साता १२ अर्ब, दोस्रो साता ७ अर्ब रुपैयाँले निक्षेप घटेको थियो । तेस्रो साता भने १ अर्ब रुपैयाँले बढेको निक्षेप चौथो सातामा ६ अर्ब रुपैयाँले बढेको छ । चुनावका लागि बाहिरिएको जस्तो देखिएको १९ अर्ब रुपैयाँमध्ये अहिले ६ अर्ब बैंकिङ प्रणालीमै आइसकेको देखिनेछ भने अझै १३ अर्ब रुपैयाँ बैंकिङ च्यानलमा फर्किन बाँकी रहेको छ ।

बैंकहरूले असार मसान्तसम्म निक्षेपमा कर्जा अनुपात (सीडी रेसियो) ९० प्रतिशतमुनि झार्नुपर्ने प्रावधान भने अझै पूरा हुन सकेको छैन । हाल सबै बैंकको औसत सीडी रेसियो ९०.५२ प्रतिशत छ । ९० भन्दा माथि पुगेका बैंकहरू थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामै छन्, जसले गर्दा समग्र कर्जा प्रवाहमा शिथिलता देखिएको छ ।

अघिल्लो साता ९१ प्रतिशतभन्दा माथि रहेको बैंकहरूको औसत सीडी रेसियो २३ गतेसम्म ९० दशमलव ८१ प्रतिशतमा झरेको नेपाल बैंकर्स संघले जनाएको छ । वैशाख १६ गते ९०.९९ प्रतिशत रहेको सीडी रेसियो वैशाख २३ मा ९०.८१ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले त अझ गत शुक्रबारको सीडी रेसियो ९०.२७ रहेको देखाएको छ । आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : ३२ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग