१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

आरजुलाई हराउन ‘अन्तर्घात’को बात लागेर कारबाहीमा परेका पुस्करनाथ ओझाले देउवालाई भेट्न मानेनन्



धनगढी । ०७४ काे प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेतृ आरजु राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा हराउन भूमिका खेलेर अन्तर्घातकाे आराेपमा कांग्रेसकाे कारबाहीमा परेका पुष्करनाथ ओझा स्थानीय तहकाे निर्वाचनमा पनि खुलेका छैनन् ।

त्यतिखेर आरजु एमाले नेता नारदमुनी रानासँग हारेकी थिइन् । अन्तर्घातकाे आराेपमा कांग्रेसले उनलाई साधारण सदस्यबाट पनि निस्कासन गरेकाे थियाे । अहिले पनि उनीमाथिकाे कारबाही फुकुवा भएकाे छैन ।

स्थानीय चुनावमा धनगढी उपमहानगर मेयरमा गठबन्धनबाट कांग्रेस नेता नृपबहादुर वड प्रतिस्पर्धामा रहेका बेला ओझा साइलेन्स छन् । जबकि, ०७४ काे स्थानीय चुनावमा वडलाई मेयरमा जिताउन ओझा पनि मैदानमा उत्रिएका थिए । तर, अहिले वडलाई सहयाेग गर्नु त परैकाे कुरा बरु आफू निकटलाई स्वतन्त्र उम्मेदवारमा खडा गरेका छन् ।

आगामी प्रतिनिधिसभा निर्वाचनमा आरजु पुन: साेही क्षेत्रबाट चुनाव लड्ने सम्भावना रहेकाले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकाे ध्यान पनि धनगढीमा छ ।

आइतबार धनगढी पुगेका उनले साेमबार त्यहाँ आयाेजित चुनावी सभालाई सम्बाेधन गरेका थिए । चुनावी जाेडघटाउ भइरहँदा देउवाले तिनै ओझालाई भेट्का लागि बाेलाएका थिए । तर, कारबाही यथावत रहेको भन्दै ओझाले देउवालाई भेट्न मानेनन् ।

भेट्न आउन नमानेपछि देउवाले ओझासँग फोनमै भए पनि कुरा गर्न चाहेका थिए । फोनमा कुरा गर्न पनि ओझाले अस्वीकार गरेको उनी निकट स्राेतले जनाएको छ

‘चुनाव अघि नै सल्लाह गरेर हाम्रा पक्षका केही नेतालाई पनि समेटेको भए र नृप (कांग्रेस उम्मेदवार)लाई मेयरमा सहयाेग गर्न सकिन्थ्याे,’ ओझाको भनाइ उद्धृत गर्दै स्राेतले भन्यो, ‘अहिले अन्तिम समयमा आएर बिग्रिसकेको माहोल बनाउन सम्भव हुँदैन । त्यसैले अहिले भेटेर पनि काम छैन ।’

ओझाले अब चुनावपछि भेट्न सकिने सन्देश देउवालाई पठाएका थिए ।

ओझा तिनै हुन् जाे २०७० मा देउवाले तत्कालीन निर्वाचन क्षेत्र नम्बर ६ (हाल ५) छाड्दा उपनिर्वाचन जितेका थिए । त्यतिखेर देउवा धनगढी र डडेल्धुराबाट चुनाव लडेका थिए । दुबै ठाउँबाट विजयी भएपछि उनले डडेल्धुरा राेज्दा धनगढीमा उपचुनाव भएकाे थियाे ।

कुनै बेला काेइराला पक्षधर रहेका ओझा देउवा क्याम्पमा आए पनि गुट निर्माण गरेकाे आराेप थियाे । ०७४ काे चुनावमा उनी धनगढीबाट चुनाव लड्न चाहान्थे । तर, देउवापत्नी आरजुले धनगढी राेजेपछि उनी असन्तुष्ट भएका थिए ।

चुनावमा आरजु हारेपछि अन्तर्घातकाे बात उनै ओझामाथि लागेकाे थियाे ।

 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ८ : १३ बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको