२२ बैशाख २०८१, शनिबार | May 4, 2024

आरजुलाई हराउन ‘अन्तर्घात’को बात लागेर कारबाहीमा परेका पुस्करनाथ ओझाले देउवालाई भेट्न मानेनन्



धनगढी । ०७४ काे प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेतृ आरजु राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा हराउन भूमिका खेलेर अन्तर्घातकाे आराेपमा कांग्रेसकाे कारबाहीमा परेका पुष्करनाथ ओझा स्थानीय तहकाे निर्वाचनमा पनि खुलेका छैनन् ।

त्यतिखेर आरजु एमाले नेता नारदमुनी रानासँग हारेकी थिइन् । अन्तर्घातकाे आराेपमा कांग्रेसले उनलाई साधारण सदस्यबाट पनि निस्कासन गरेकाे थियाे । अहिले पनि उनीमाथिकाे कारबाही फुकुवा भएकाे छैन ।

स्थानीय चुनावमा धनगढी उपमहानगर मेयरमा गठबन्धनबाट कांग्रेस नेता नृपबहादुर वड प्रतिस्पर्धामा रहेका बेला ओझा साइलेन्स छन् । जबकि, ०७४ काे स्थानीय चुनावमा वडलाई मेयरमा जिताउन ओझा पनि मैदानमा उत्रिएका थिए । तर, अहिले वडलाई सहयाेग गर्नु त परैकाे कुरा बरु आफू निकटलाई स्वतन्त्र उम्मेदवारमा खडा गरेका छन् ।

आगामी प्रतिनिधिसभा निर्वाचनमा आरजु पुन: साेही क्षेत्रबाट चुनाव लड्ने सम्भावना रहेकाले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकाे ध्यान पनि धनगढीमा छ ।

आइतबार धनगढी पुगेका उनले साेमबार त्यहाँ आयाेजित चुनावी सभालाई सम्बाेधन गरेका थिए । चुनावी जाेडघटाउ भइरहँदा देउवाले तिनै ओझालाई भेट्का लागि बाेलाएका थिए । तर, कारबाही यथावत रहेको भन्दै ओझाले देउवालाई भेट्न मानेनन् ।

भेट्न आउन नमानेपछि देउवाले ओझासँग फोनमै भए पनि कुरा गर्न चाहेका थिए । फोनमा कुरा गर्न पनि ओझाले अस्वीकार गरेको उनी निकट स्राेतले जनाएको छ

‘चुनाव अघि नै सल्लाह गरेर हाम्रा पक्षका केही नेतालाई पनि समेटेको भए र नृप (कांग्रेस उम्मेदवार)लाई मेयरमा सहयाेग गर्न सकिन्थ्याे,’ ओझाको भनाइ उद्धृत गर्दै स्राेतले भन्यो, ‘अहिले अन्तिम समयमा आएर बिग्रिसकेको माहोल बनाउन सम्भव हुँदैन । त्यसैले अहिले भेटेर पनि काम छैन ।’

ओझाले अब चुनावपछि भेट्न सकिने सन्देश देउवालाई पठाएका थिए ।

ओझा तिनै हुन् जाे २०७० मा देउवाले तत्कालीन निर्वाचन क्षेत्र नम्बर ६ (हाल ५) छाड्दा उपनिर्वाचन जितेका थिए । त्यतिखेर देउवा धनगढी र डडेल्धुराबाट चुनाव लडेका थिए । दुबै ठाउँबाट विजयी भएपछि उनले डडेल्धुरा राेज्दा धनगढीमा उपचुनाव भएकाे थियाे ।

कुनै बेला काेइराला पक्षधर रहेका ओझा देउवा क्याम्पमा आए पनि गुट निर्माण गरेकाे आराेप थियाे । ०७४ काे चुनावमा उनी धनगढीबाट चुनाव लड्न चाहान्थे । तर, देउवापत्नी आरजुले धनगढी राेजेपछि उनी असन्तुष्ट भएका थिए ।

चुनावमा आरजु हारेपछि अन्तर्घातकाे बात उनै ओझामाथि लागेकाे थियाे ।

 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ८ : १३ बजे

काठमाडौं महानगरले अग्नि प्रभावित गुल्मी र दाङका २ पालिकालाई १०-१० लाख अनुदान दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको

‘सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार’

भक्तपुर । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने

अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै

काठमाडौं । सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज