२ चैत्र २०८२, सोमबार | March 16, 2026

बुटवल वडा नं १३ मा एमालेको र्‍याली : जितको नजिक पुगेको जिल्ला नेताहरुको दाबी



बुटवल । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज बुटवल उपमहानगरपालिका— १३ मा र्याली निकालेको छ । आफ्ना उम्मेदवारलाई जिताउन मतदातासँग आग्रह गर्दै बुटवलको जितगढीदेखि र्याली निकालिएको हो ।

र्यालीले झोलुङ्गेपुल, बेलवास, नयागाउँ, बोहोरा कलौनी, पहेलो भित्ता, सुन्तली चोक, सालघारी, बदेँलपोखरी लगायत वडाका विभिन्न स्थान हुँदै पितृथानमा पगेर समापन भएको एमाले जिल्ला कमिटी सदस्य जमुना सुवेदीले जानकारी दिईन् । र्यालीलाई वडाका एमाले समर्थक स्थानीयले चोकचोकमा स्वागत गर्दै जितको शुभकामना दिएका थिए ।

र्यालीलाई सम्बोधन गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले बुटवलको विकासका लागि एमाले नेतृत्वको विकल्प नभएको बताए । उनले बुटवलमा सञ्चालित योजनालाई पूर्णता दिन र नयाँ योजना शुरु गरेर यो क्षेत्रको मुहार फेर्न एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरे । “गठबन्धनका उम्मेदवारसँग विकासको कुनै भिजन छैन, तयसैले एमाले उम्मेदवारका पक्षमा मदतान गरौँ”, अध्यक्ष केसीले भने ।

एमालेको जितलाई कसैले रोक्न नसक्ने बताउँदै उहाँले १६ वटै स्थानीय तहमा विजयीको नजिक पुगेको पनि उदले दाबी गरे । “हामी जितको नजिक पुग्न थालेपछि गठबन्धन दल आत्तिएका छन् यीनीहरुले हाम्रो उम्मेदवारमाथि आक्रमण उत्रिएका छन् । त्यसैले हामी सुरक्षित भएर हामी अगाडि बढ्नुपर्छ”, ।

एमाले सबै जाती वर्ग, भाषभाषीलाई सम्मन गर्ने पार्टी भएको जनाउँदै उनले संबिधानले प्रदान गरेको अधिकार प्रयोग गरेर शान्तीपूर्ण ढंगले निर्वाचनमा लागेको बताए । “हामी परिवर्तनका संवाहक हौँ, गलत कामका विरुद्ध हामी सचेत छौँ, आस्थाका आधारमा विभेद गर्दैनौ”, केसीले भने ।

एमाले नेता कुमार थापाले समृद्ध बुटवलको चाहना पूरा गर्न एमाले उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह गरे ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ३ : १० बजे

लामिछानेविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

कञ्चनपुर । स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

म्याग्दी । कपिलवस्तुको बाणगंगा नगरपालिका-४ का रामलाल चालिसे प्राकृतिक उपचारका