३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

लोकतन्त्र र संविधानको पक्षमा एमालेको देशव्यापी प्रदर्शन : बुटवलमा जनसभा, संविधान संकट र जेनजी माग सम्बोधनमा जोड



बुटवल । नेकपा एमालेले देशभर ७७ वटै जिल्लामा घोषणा गरेको जनप्रदर्शन कार्यक्रमअनुसार शनिबार रुपन्देहीमा पनि शक्ति प्रदर्शन गरेको छ । एमाले रुपन्देहीले बुटवलमा र्याली र जनसभा मार्फत लोकतन्त्रको रक्षा, संविधान कार्यान्वयन, संसद पुनर्स्थापना, सर्वपक्षीय सरकार गठन तथा जेन-जी पुस्ताको आन्दोलनका माग सम्बोधनका एजेन्डा प्रस्तुत गर्दै प्रदर्शन गरेको हो ।

बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको र्याली ट्राफिक चोकमा पुगेर जनसभामा परिणत भएको थियो । जनसभामा एमालेका शीर्षस्थ नेताहरूले पछिल्लो राजनीतिक घटनाक्रमलाई देशको सार्वभौमसत्ता, राष्ट्रियता र संविधानमाथि बाह्य हस्तक्षेपको प्रयासको रुपमा व्याख्या गर्दै एमालेले त्यसलाई कदापि स्वीकार नहुने चेतावनी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले आफूहरूको नेतृत्वमा भएका विकास निर्माणका कामबाट प्रभावित समूहले षड्यन्त्रपूर्वक भदौ २३ र २४ का घटनालाई जन्माएको आरोप लगाए । उनले ‘प्रतिगामी तत्त्वहरू’लाई चुनौती दिँदै एमाले राष्ट्र हितमा सदैव प्रतिवद्ध रहने बताए ।

एउटै स्वरमा एमाले नेता तथा पोलिटब्युरो सदस्य लीला गिरीले अहिले संविधान संकटमा परेको दाबी गर्दै त्यसको रक्षा र कार्यान्वयनका लागि सडक संघर्ष अपरिहार्य बनेको बताए । उनले संविधानको मर्म र उपलब्धिहरू जोगाउनुपर्ने तात्कालिक आवश्यकता रहेको उल्लेख गरे ।

त्यस्तै, युवा सङ्घका पूर्व उपाध्यक्ष राजु गुरुङ र निवर्तमान महासचिव सुमन पुरीले जेन-जी आन्दोलनको आवरणमा एमालेका कार्यालय, व्यापारिक प्रतिष्ठान र निजी सम्पत्तिमा योजनाबद्ध रूपमा क्षति पु¥याइएको भन्दै यसले राष्ट्रविरोधी उद्देश्य लुकाएको आरोप लगाए । उनीहरूले नेताहरू र कार्यकर्ताहरूलाई लक्षित गरेको ‘आगजनी र तोडफोड’को प्रतिकारमा अब एमाले पनि ‘मौन नभई प्रतिघात गर्ने’ चेतावनी दिए ।

एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले भदौ २३ र २४ गतेका घटनाहरूको निष्पक्ष छानबिन र दोषी पहिचान गरी कानुनी कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गरे । कार्यक्रममा जिल्ला कमिटीका उपाध्यक्ष हितराज पन्थीले सञ्चालन गरेका थिए ।

फोटो फिचर

 

 

 

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ४ : १३ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय