२ चैत्र २०८२, सोमबार | March 16, 2026

मकवानपुरमा कमल थापा, चितवनमा राजेन्द्र लिङ्देन, डाँडा चढ्दा विप्लव, आरोलो झर्यो सीके राउत : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेको चुनाव चिह्न सूर्यमा प्वाल परिसकेको टिप्पणी गरेका छन् । एमालेले साना दलहरुसँग तालमेल गरेको र ति दलका चिह्नले घोचेर सूर्यमा प्वाल परिसकेको थापाको भनाइ थियो ।

मंगलबार काठमाडौंको असनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल, परिवार दल लगायतका साना पार्टीको चुनाव चिह्नले सूर्यलाई प्वाल पारेको टिप्पणी गरेका हुन् ।

‘मकवानपुरमा कमल थापा, चितवनमा राजेन्द्र लिङ्देन, डाँडा चढ्दा विप्लव, आरोलो झर्यो सीके राउत,’ थापाले भने, ‘परिवार दलको साँचोदेखि सीके राउतको लाउडस्पिकर, कमल थापाको तीरदेखि राजेन्द्र लिङ्देनको हलोसम्म चारै तिरबाट सूर्यको झण्डा हेर्नु भयो भने घोच्दा घोच्दा प्वाल परिसकेको छ ।’

उनले काठमाडौंका मतदाताले एमालेलाई प्रश्न गर्नु पर्ने बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ७ : २९ बजे

लामिछानेविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

कञ्चनपुर । स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

म्याग्दी । कपिलवस्तुको बाणगंगा नगरपालिका-४ का रामलाल चालिसे प्राकृतिक उपचारका