४ आश्विन २०८३, आइतबार | September 20, 2026

घृणाको भाषा भाइरल हुन्छ भन्दै गगनको आग्रह – वास्तविकता बुझेर मतदान गर्नुहोस



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जालमा फैलिने हल्ला र कोलाहललाई अस्वाभाविक नठान्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले विश्वभर सामाजिक सञ्जाल प्रायः घृणात्मक भाषा बोल्नेहरूको पक्षमा उभिने गरेको बताएका हुन् । उनले सञ्जालमा फैलाइएको नेगेटिभिटीबाट प्रभावित नहुन र वास्तविकताको जगमा भोट हालेर जिम्मेवार व्यक्तिलाई सदनमा पुर्‍याउन मतदातालाई आग्रह गरे ।

थापाले भने, “बाहिर धेरै कोलाहल छ, सामाजिक सञ्जालमा ठूलो हल्ला छ। तर त्यसलाई म अस्वाभाविक मान्दिनँ। संसारभर सामाजिक सञ्जाल त्यहीँतिर हुन्छ, जहाँ घृणाको भाषा बोलिन्छ।” उनले उदाहरण दिँदै भने, “यदि म यहाँ उभिएर एक मिनेट कसैलाई गाली गरेँ भने बेलुकासम्म भाइरल हुन्छु।”

थापाले आफू मिलाप र सहकार्यको कुरा गरिरहेको उल्लेख गर्दै यस्तो ‘सफ्ट’ भाषा धेरैलाई मन नपर्ने बताए। “आज मैले बोलेको भाषा मिडियाका साथीहरूलाई पनि मन नपर्न सक्छ, किनकि म मिलाउने कुरा गरिरहेको छु। यस्तो कुरा बिक्दैन,” उनले भने, “तर देश बिकाउने भाषणले मात्र चल्दैन। देश त यस्तै नबिक्ने, तर आवश्यक कुराले चल्छ।”

उनले पार्टीका कार्यकर्तालाई थप मेहनतका साथ अघि बढ्न आह्वान गरे। “अब बाँकी दिनहरूमा पनि थकाइ नमानी यसैगरी काम गर्न सकिन्छ,” थापाले भने।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ४ : ०५ बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल