८ पुस २०८२, मंगलबार | December 23, 2025

मौनअवधि सुरु हुनुअघि ५ दलका शीर्ष नेताको संयुक्त अपिल : गठबन्धनको पक्षमा मतदान गर्न आह्वान



काठमाडौं । सत्ता गठबन्धनका दलहरुले गठबन्धनको बलमा मुलकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव रहेको बताएका छन् ।

स्थानीय तह निर्वाचनका लागि मौन अवधि सुरु हुन अघि मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले स्थानीय तह नै लोकतन्त्रको प्राणवायु भएको भन्दै गठबन्धनको पक्षमा मतदात गर्न आह्वान गरेका हुन् ।

ुस्थानीय निर्वाचनले लोकतन्त्रको रक्षा गर्ने छ। अर्को अर्थमा स्थानीय तह नै लोकतन्त्रको प्राणवायु हो। गठबन्धनको बलमा मलुकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव छ। यसर्थ गठबन्धनको पक्षमा मतदानका लागि यहाँहरुले विवेकको प्रयोग गर्नुहुने विश्वास लिएका छौुं पाँच दलका शीर्ष नेताको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

राजनीतिक स्थिरता कायम राख्दै सुशासन र विकासका प्रक्रियालाई निरन्तरता दिई मुलुकलाई निकास दिनु पर्ने दायित्व बोध गरी पाँच दलीय एकता कायम गरिएको हो विज्ञप्तिमा जनाइएको छ ।

गठबन्धनमा रहेका दलहरुबीच तालमेलको अधिक प्रयत्लका बावजुद कतिपय पालिकामा ुमैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको भन्दै उनीहरुले मतदान सन्निकट आइपुग्दै गर्दा ुमैत्रीपूर्ण प्रतिस्पर्धा मा उत्रेका विभिन्न पालिकाका विभिन्न पदका आफ्ना पार्टीका उम्मेदवारको अवस्था आकलन गरी विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न पार्टी तहमा उनीहरुले आह्वान गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ८ : २४ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत