१२ बैशाख २०८१, बुधबार | April 24, 2024

हेटौंडामा एकीकृत समाजवादीको समर्थन लामालाई



हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी मिना कुमारी लामालाई नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन गरेको छ ।

पार्टीको मंगलबार साँझ बसेको बैठकले लामालाई समर्थन गर्ने निर्णय गरेको जिल्ला इन्चार्ज केदारनाथ दुलालले जानकारी दिए । समाजवादीबाट मेयर पदमा उम्मेदवारी दिएका रोमनाथ भुर्तेल नेकपा एमालेमा प्रवेश गरेपछि समाजवादीले लामालाई समर्थन गरेको हो ।

पार्टीले भुर्तेललाई लाल गद्दारको आरोप लगाउँदै साधारण सदस्य समेत नरहने गरी कारबाहीसमेत गरेको छ ।

मेयर पदमा नेकपा एकीकृत समाजवादीकी नेत्री मिनाकुमारी लामालाई कलम चुनाव चिन्हमा मतदान गरी मतले विजयी गराउन दुलालले सम्पूर्णमा आग्रह समेत गरेका छन् ।

 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ८ : ५० बजे

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको

आजको मौसम : केही प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

‘भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न