२३ भदौ २०८३, मंगलबार | September 8, 2026

हेटौंडामा एकीकृत समाजवादीको समर्थन लामालाई



हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी मिना कुमारी लामालाई नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन गरेको छ ।

पार्टीको मंगलबार साँझ बसेको बैठकले लामालाई समर्थन गर्ने निर्णय गरेको जिल्ला इन्चार्ज केदारनाथ दुलालले जानकारी दिए । समाजवादीबाट मेयर पदमा उम्मेदवारी दिएका रोमनाथ भुर्तेल नेकपा एमालेमा प्रवेश गरेपछि समाजवादीले लामालाई समर्थन गरेको हो ।

पार्टीले भुर्तेललाई लाल गद्दारको आरोप लगाउँदै साधारण सदस्य समेत नरहने गरी कारबाहीसमेत गरेको छ ।

मेयर पदमा नेकपा एकीकृत समाजवादीकी नेत्री मिनाकुमारी लामालाई कलम चुनाव चिन्हमा मतदान गरी मतले विजयी गराउन दुलालले सम्पूर्णमा आग्रह समेत गरेका छन् ।

 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ८ : ५० बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज