७ आश्विन २०८३, बुधबार | September 23, 2026

स्थानीय निर्वाचन : गाउँ भरिए, सहर रित्तिए



सुर्खेत । स्थानीय तहको निर्वाचन हुन दुई दिन बाँकी रहँदा सहर बजार खाली हुन थालेका छन् । स्थानीय तहका नयाँ जनप्रतिनिधि चुन्न नागरिकहरू सहर छाडेर गाउँतिर लागेका हुन् ।

सुर्खेतको वीरेन्द्रनगर बजारमा दुई दिनदेखि गाउँमा जानेको ताँती लागेको छ । कर्णालीका सबै बजार क्षेत्र र सदरमुकाम खाली हुन थालेका छन् ।

सुर्खेतदेखि बाहिर जिल्लामा जानेकोख संख्या निकै वृद्धि भएको अहिले बस काउन्टरमा टिकट पाउन नै गाह्रो भएको सुर्खेत बसपार्कमा टिकट काउन्टरमा काम गर्ने अक्कल कार्कीले बताए । ‘गाउँ जानेको संख्या निकै वृद्धि भएको छ,’ उनले भने, ‘यात्रुको चाप बढी हुँदा यातायातको टिकट पाउन मुस्किल परेको छ ।’

सहरमा रहेका मतदातालाई उम्मेदवारहरूले गाडी रिजर्भ गरेर गाउँगाउँ लैजाने गरेको सुर्खेत बसपार्कमा भेटिएका जुम्ला कनकासुन्दरी गाउँपालिकाका राजकुमार बुढाले बताए । ‘हाम्रो गाउँपालिकाका उम्मेदवारले गाडी रिजर्भ गरेका छन् रे,’ उनले भने, ‘त्यो गाडी कतिबेला आउँछ भनेर पर्खेर बसेको छु ।’

मतदाताहरू गाउँगाउँमा जाँदा सुर्खेत बजारको व्यापार व्यवसायमा कमी आएको व्यापारी रामबहादुर मगरले बताए । ‘सुर्खेत बजारमा प्रायः पसल बन्द छन्,’ उनले भने,‘मतदाताहरू गाउँमा गएका कारणले व्यापारमा कमी आएको छ ।’

निर्वाचन नजिकएपछि गाउँमा गाउँमा मानिसहरु भरिभराउ हुन थालेको र आ(आफ्नो पक्षमा मत माग्न थालेको कालीकोट नरहरिनाथ गाउँपालिका(९ लालुका रोहन बिष्टले बताए । ‘अहिले गाउँमा मानिसहरूको चहलपहल निकै बढेको छ,’ उनले भने, ‘मतदान गर्न बाहिरबाट आएका कारणले चहलपहल निकै बढेको छ ।’

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १२ : ३१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई