२८ असार २०८३, आइतबार | July 12, 2026

गाडी रिजर्व गरेर मतदाता ओसार्दै दलहरू



काठमाडौं । काभ्रे पाँचखाल घर भएका उमेश पराजुली आज बिहानै घरतिर लागे । उनीसहित सात जनाको टोलीलाई लिन पाँचखालबाट नेपाली कांग्रेस पार्टीले गाडीको व्यवस्था गरेको रहेछ । कांग्रेसले आफ्ना मतदाताभन्दा कांग्रेसप्रति आस्था राख्ने र जिल्ला बाहिर रहेका मतदातालाई लिन यसरी गाडीको व्यवस्था गरेको छ ।

उनी अब मत दिएर मात्रै काठमाडौं फर्किनेछन् । काठमाडौंको असनमा कपडाको व्यापार गर्दै आएका उनको पसल पाँच दिनका लागि बन्द हुनेछ । ‘पाँच वर्षमा एक पटक मतदान गर्ने अवसर जुरेको छ । त्यसमा पनि आफ्नै नजिकको दाई उठ्नु भएको छ । उहाँले गाडीको व्यवस्था पनि गरिदिनुभयो,’ पराजुलीले भने ।

उनी जस्ता सयौँ मतदाताले विभिन्न राजनीतिक दलले पठाएका गाडी प्रयोग गरी अहिले काठमाडौंलगायत सहरी क्षेत्र छोडिरहेका छन् । ट्राफिक प्रहरीका अनुसार पछिल्लो चौबिस घण्टामा ६९ हजार ८१ जनाले काठमाडौं छोडेका छन् । जबकी सामान्यतया दैनिक २५ देखि ३० हजारको हाराहारीमा मानिस बाहिरिने गरेका थिए । त्यही हाराहारीमा काठमाडौं भित्रिने समेत थिए । तर, अहिले पछिल्लो चौबिस घण्टामा ४२ हजार ८३२ जना काठमाडौं भित्रिएका छन् ।

हिजो र आज काठमाडौंबाट बाहिरिनेको संख्या निकै बढेको छ । भोट हाल्न आफ्नो क्षेत्रमा जान लागेका धेरै मतदातालाई राजनीतिक दलले गाडीको व्यवस्था गर्दै आएका छन् ।

नेकपा एमाले दार्चुला–काठमाडौं सम्पर्क मञ्चले ११ बसमा मतदाता तथा एमाले सुभचिन्तकहरूलाई दार्चुला लग्यो । मतदाता तथा एमालेका शुभचिन्तकहरूलाई मञ्चले नै गाडी बुकिङ गरेर दार्चुला पुर्‍याएको थियो ।

यसरी राजनीतिक दलहरूले गाडीको व्यवस्था गरेर आ–आफ्नो क्षेत्रमा लैजाने व्यवस्था मिलाइरहेका छन् । कोही भने आफै टिकट काटेर पनि घरतिर गइरहेका छन् । जसले गर्दा गोगंबुस्थित नयाँ बसपार्कमा औषतमा पछिल्ला दिनहरूमा टिकटको बिक्री बढ्दो क्रममा छ ।

उपत्यकाको नयाँ बसपार्क, कलंकी, कोटेश्वर लगायतका क्षेत्रमा यात्रुको भिड बाक्लो छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी संजिव शर्मा दासका अनुसार अहिले उपत्यका छोड्नेको संख्या निकै बढी छ । त्यस्तै कार्यव्यस्ताताका कारण बाहिर रहेका तर, घर काठमाडौंमा रहेकाहरू काठमाडौं फर्किने क्रम पनि बढ्दो रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  २ : १५ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै