७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ ७ गते आउने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा पेश गर्ने भएको छ ।

सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिएका छन् । । पाण्डेले सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने बताए ।

सवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिले संसद अधिवेशन जेठ ३ गतेलाई आह्वान गरेकी थिइन ।

प्रवक्ता पाण्डेले बजेट अधिवेशनको लागि संसद सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्ड लगायतका भौतिक तयारी पूरा गरेको बताए । उनले जेठ ३ गते पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकता सम्बन्धि प्रश्ताव पेश गर्ने कार्यक्रम रहेको उल्लेख गरे । जेठ ४ र ५ गते संसद्मा प्रि–बजेटमा छलफल हुने प्रवक्ता डा. पाण्डेले बताए । जेठ १२ वा १३ गते संसद्मा आर्थिक सर्वेक्षण सम्बन्धी प्रश्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नु र संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट भाषण गर्ने तयारी रहेको प्रवक्ता पाण्डेले बताए ।

प्रवक्ता पाण्डले भने, राष्ट्रपति ज्युबाट बजेट अधिवेशन आह्वान भएपछि जेठ ३ गते ४ बजेको लागि महासचिव ज्युले सूचना जारी गरिसक्नु भएको छ । प्राविधिक साथीहरुको सहयोगमा भौतिक रुपमा गर्ने तयारीहरु सकिएको छ । उपकरणहरुको टेस्ट गर्ने,हलभित्र मर्मत तथा सरसफाइ गर्ने काम सम्पन्न भइसकेको छ । सुरक्षा प्रवद्र्धन भइसकेको छ । सुरक्षा मापदण्ड पहिलाकै अपनाउने योजना रहेको छ । कोरोना कम भए पनि मास्क लगाउने,सेनिटाइजर लगाउने काम यथावत रहन्छन् । कार्यव्यवस्था शाखाले ३ गतेबाट कार्ययोजना प्रश्ताव गरिसकेको अवस्था छ । जेठ ३ गते अर्थमन्त्री जनार्दन शर्माले सदनमा बजेट सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रश्ताव पेस गर्नुहुन्छ । जेठ ४ र ५ गते प्रि–बजेट छलफल हुन्छ । जेठ ७ गते सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्ने कार्यक्रम रहेको छ । त्यसको संशोधन र छलफल ८,९,१० र ११ गते निर्धारण हुने देखिन्छ । जेठ १२ वा १३ गते सदनमा आर्थिक सर्वेक्षण अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुहुन्छ । त्यसपछि संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट भाषण हुन्छ । त्यसपछि आर्थिक विधेयक र पुरक विधेयकहरु प्रश्तुत र छलफल हुनेछ । जेठ महिनाको अन्तिम प्रतिनिधि सभाका कार्यक्रमहरु निरन्तर जाने देखिन्छ । त्यस्तै, राष्ट्रिय सभाको पनि जेठ ३ गते नै बैठक शुरु भएर क्रमशः अगाडि बढ्छ ।’

प्रवक्ता पाण्डेले जेठ १५ गतेपछि जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरु निरन्तर रुपमा चल्ने बताए । पाण्डेका अनुसार प्रतिनीधि सभासँग ३ गतेबाट राष्ट्रिय सभाको बैठक पनि सुरु हुनेछ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ३ : ४१ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा