१८ श्रावण २०८३, सोमबार | August 3, 2026

नेपाल पत्रकार महासंघका अध्यक्षलाई आयोगको ध्यानाकर्षण



काठमाडौँ । निर्वाचन आयोगले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललाई निर्वाचन आचारसंहिताबारे ध्यानाकर्षण गराएको छ । विभिन्न अनलाइन सञ्चार माध्यममा प्रकाशित ‘पत्रकार महासंघका अध्यक्ष भन्छन्–निर्वाचन आयोगले जारी गरेको आचारसंहिता हामीले मान्न जरुरी छैन’ शीर्षकको समाचार प्रकाशन भएपछि आयोगले उहाँलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

‘निर्वाचन सफल बनाउने प्रमुख पक्ष आचारसंहिताको सही कार्यान्वयन भएकाले मिडियाकर्मी र सञ्चारमाध्यमले त्यसको महत्वबारेमा सबै पक्षलाई सचेत गराउनुपर्ने तथा त्यसबारे नागरिकलाई सुसूचित गराउने जिम्मेवारी सञ्चारमाध्यम पत्रकारको हुन्छ’ आयोगको अदेशमा भनिएको छ, ‘निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ को उपदफा (४) मा निर्वाचन आचारसंहिताको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुने व्यवस्था गरेको छ ।’

नेपाल पत्रकार महासंघका अध्यक्षजस्तो जिम्मेवार पदाधिकारीबाट संवैधानिक निकायले बनाई लागूगरेको निर्वाचन आचारसंहिता, २०७८ लाई चुनौती दिनेगरी बोलिएको अभिव्यक्ति आमसञ्चार माध्यममा आउनु कसैको लागि पनि हितकर विषय नभएको आयोगले प्रष्ट पारेको छ । यस्ता किसिमका अभिव्यक्तिले स्वयम् व्यक्तिको अभिव्यक्तिलाई शंकाको घेरामा पु¥याउने आयोगको बुझाई छ । ‘आफ्नै संस्थाको तर्फबाट भएको लिखित प्रतिबद्धतालाई जानाजान उल्लङ्घन गरी आचारसंहिताको बन्धनमा नरहनुलाई निष्ठापूर्वक प्रतिबद्धताको अनुसरण गरेको हो भनी मुल्याङ्कन गर्न मिल्ने देखिँदैन’ आयोगले आदेशमा भनेको छ, ‘निजबाट प्राप्त जवाफलाई चित्तबुझ्दो तथा जिम्मेवार जवाफ मान्न सक्ने देखिएन । आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७८ उल्लङ्घन गरेको देखिन आएकोले सो विषयमा थप विवेचना समेत गरी रहन पर्ने देखिएन ।’

महासंघका अध्यक्ष पोखरेलले गरेको कार्य निर्वाचन आचारसंहिता, २०७८ तथा निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम जारी भएको आचारसंहिता विपरीत भए गरेको देखिएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम अब आइन्दा निर्वाचन आचारसंहिता विपरितका कार्यहरू नगर्न नगराउन ध्यानाकर्षण गराउने आयोगले आदेशमा उल्लेख छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ८ : ४९ बजे

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट