२७ माघ २०८२, मंगलबार | February 10, 2026

बुटवल बम विस्फोटमा संलग्न छैनौं – नेकपा बहुमत, संयोजक बाँस्तोलालाई रिहा गर्न माग



बुटवल । मंगलबार राती बुटवलमा भएको बम विस्फोटको घटनालाई जोडेर नेकपा बहुमतका अध्यक्ष धर्मेन्द्र बास्तोलालाई गरिएको पक्राउ प्रति सो पार्टीले असहमति प्रकट गरेको छ । पार्टीको केन्द्रीय कार्यालयको नाममा सुदर्शनले एक विज्ञप्ति प्रकाशित गर्दै विस्फोटमा पार्टीको कुनै संलग्नता र विस्फोट गराउने पार्टीको निती नरहेको बताएका छन् ।

विज्ञप्तिमा पोखराको बैठक प्रशिक्षण सकेर आफ्नो घर बाँकेको कोहलपुर जाँदै गर्दा बुटवलमा वम विस्फोट हुनु र विहानै ४ बजे अध्यक्ष कञ्चनलाई पक्राउ गर्नुमा षडयन्त्र रहेको उल्लेख गरिएको छ । ‘हाम्रो पार्टीले कुनैपनि विस्फोटकजन्य र सशस्त्र वहिस्कार गर्ने निती नलिएको कुरा सार्वजनिकरुपमा स्पष्ट गर्न चाहन्छौं ।’ विज्ञप्तिमा लेखिएको छ ।

मंगरबार राती ८ः३० बजे बुटवलको मिलन चोकमा कुकर बम विस्फोट हुँदा विस्फोट भएको स्थान नजिकैका पसलहरुमा सामान्य क्षेती भएको थियो । घटनास्थलमा नेकपा माओवादी नामको पर्चा समेत भेटिएको थियो ।

विज्ञप्तिमा विस्फोटको जिम्मा नेपाल नेतृत्वको नेकपा माओवादीले लिएको उल्लेख गर्दै सो घटनामा पार्टीको संलग्नता नरहेको स्पष्ट पारिएको छ । विस्फोटमा केशव अधिकारी कमरेड नेपाल नेतृत्वको नेकपाले गराएको हुन सक्ने अनुमान गरिएको छ ।

नेकपा बहुमतका अध्यक्ष बास्तोला (कञ्चन)लाई नेपालगन्ज जाँदै गर्दा दाङको भालुवाङबाट आज बिहान ४ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो । विज्ञप्तिमा अविलम्ब पक्राउ परेका बास्तोला सहितका नेताहरुलाई रिहा गर्न सरकारसँग माग गरिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ९ : २९ बजे

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न

उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै

गाईघाट । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि उदयपुरमा ‘एचपिभी’ खोप

नवलपुर-२ मा नाउपा नेपालले नेकपाका महतोलाई समर्थन गर्ने

नवलपुर । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले नवलपुर

पश्चिम नवलपरासीमा रविको चुनावलक्षित कार्यक्रम रोक्न प्रशासनको निर्देशन

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पश्चिम

बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो : पोखरा र काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य

बागलुङ । लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत