४ पुस २०८२, शुक्रबार | December 20, 2025

मौन अवधिमा पैसा बाँडेको भन्दै लमजुङमा एमाले वडाध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा



लमजुङ । मौन अवधिमा मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोपमा लमजुङमा एमालेका वडाध्यक्षका उम्मेदवार शिवप्रसाद जोशीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।

बेसीशहर नगरपालिका-११ रामचोक बेसीको वस्तीमा पैसा बाँडेको भन्दै स्थानीय शिव सेढाईको समूहले जोशीलाई बुधबार राति साढे १० बजे नियन्त्रणमा लिएको हो ।

जोशीको साथबाट १ लाख ३५ हजार रुपैयाँ, झोला, मोटरसाइकलको चाबी, पैसा बाँडेको नामावली भएको डायरी र अन्य कागजपत्र नियन्त्रणमा लिइएको स्थानीय अनिता सेढाईले बताइन् ।

जोशीविरुद्ध जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने तयारी भइरहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार घटनाबारे बुझ्‍न प्रहरीलाई भनिएको छ ।- न्यूज कारखाना

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  १० : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको