१२ पुस २०८२, शनिबार | December 27, 2025

पूर्वप्रधानन्यायाधीस कार्कीसहितको पर्यवेक्षक टिमद्वारा मतदान केन्द्रको निरीक्षण



काठमाडौं । । पूर्व प्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ की पर्यवेक्षक सुशीला कार्कीसहितको पर्यवेक्षक टिमले मतदान केन्द्रको निरीक्षण गरेको छ ।

पूर्वप्रधानन्याधीश कार्कीसहित पूर्व आयुक्त ईला शर्मासहितको पर्यवेक्षण टिमले त्रिपुरेश्वरको विश्व निकेतनस्थित निर्वाचन मतदान केन्द्रको निरीक्षण गरेको हो ।

मतदान केन्द्रको स्थलगत निरीक्षणपछि पूर्व प्रधानन्यायाधीश कार्कीले मतदान स्थलको व्यवस्था सुरक्षा कडा बनाइएको र व्यवस्थित रहेको प्रतिक्रिया दिइन । कार्कीले मतदान केन्द्रमा महिला र पुरुषहरुका लागि छुट्टै ठाउँ बनाएर मतदान गर्ने व्यवस्था मिलाएको पनि बताइन । उनले मतदान स्थलमा पानी परेमा ओत लाग्ने गरी लाइनको व्यवस्था मिलाएर मतदान केन्द्रलाई व्यवस्थित बनाएको बताइन ।

पर्यवेक्षक कार्कीले भनिन‘सबै व्यवस्था राम्रो भएको छ । यहाँ महिला र पुरुषहरुका लागि छुट्टै मतदान गर्ने व्यवस्था मिलाएको रहेछ । राम्रो छ । सबै व्यवस्था आजसम्मका लागि मिलाएको छ । यसलार्य निरन्तरता दिएर भोलि निर्धक्क, भयरहीत भइ निर्वाचन गर्न सक्ने विश्वास लिएकी छु ।’

स्थानीय तहको निर्वाचन भोलि (शुक्रवार) देशभर एकसाथ हुँदैछ । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले बुधवार र बिहीवार मतदाता शिक्षा र मतदाता परिचय पत्र सम्बन्धित मतदान केन्द्रबाट वितरण गरिरहेको छ । आजसम्म स्थानीय तहको निर्वाचनका लागि सबै तयारी सक्ने र भयरहीत वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउने निर्वाचन आयोगले जनाएको छ । आयोगले मतदान दिन जाँदा मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमूना मतपत्र लगायतका कागजातहरु, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह भएको वा संकेत जानिने कुनै वस्तु लैजान नपाउने बताएको छ । त्यस्तै आयोगले मतदाता नामावलीमा समावेश भएका मतदाताहरुले मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र, राहदानी, जग्गाधनी प्रमाणपत्रका आधारमा भोट हाल्न पाउने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  १ : ०१ बजे

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

बागमती प्रदेशमा धान उत्पादन वृद्धि

बागमती । बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य

ज्योति डिस्टिलरीको ब्वाइलर विष्फोट हुँदा एकको मृत्यु, छ जना घाइते

रौतहट । कटहरिया नगरपालिका-९ स्थित ज्योति डिस्टिलरीको ब्वाइलर विस्फोट हुँदा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि