२३ भदौ २०८३, मंगलबार | September 9, 2026

रुपन्देहीमा मतदानको तयारी अन्तिम चरणमा, राती अबेर सकिने, मतदान स्थलमा सीसी क्यामेरा (फोटो फिचर)



बुटवल । स्थानीय तह निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशको अस्थायी राजधानी रहेको रुपन्देहीमा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । १६ वटा पालिका रहेको रुपन्देहीका सबै मतदान केन्द्र र मतदान स्थलहरुमा निर्वाचनको व्यवस्थापन तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्लाका सबै मतदान केन्द्रहरुमा मतदान केन्द्रका आवश्यक सबै तयारी भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या प्रसाद भण्डारीले जानकारी दिए । रुपन्देहीमा २०८ मतदान स्थल र ७०० मतदान केन्द्र रहेका छन् । जिल्लामा ३ लाख २३ हजार ७ सय ७८ पुरुष, ३ लाख ८ हजार ५ सय ७४ महिला तथा ८ जना अन्य सहित ६ लाख ३२ हजार ३ सय ६० जना मतदाता मतदाता रहेका छन् ।

मतदान केन्द्रहरुमा महिला, पुरुष, अपाङ्ग, असक्त र जेष्ठ नागरिकहरुका लागि छुट्टाछुट्टै मतदान गर्ने लाईनको व्यवस्थापन गरिएको छ भने मतदान स्थलको सुरक्षाको पनि पर्याप्त प्रवन्ध मिलाईएको भण्डारीले बताए । मतगणनाका लागि जिल्लाका १६ वटै पालिकामा सीसी क्यामेराको व्यवस्था पनि मिलाइसकिएको उनले बताए ।

फोटो : स्वस्तिक श्रेष्ठ

 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ६ : २० बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी