२५ बैशाख २०८१, मंगलबार | May 8, 2024

लुम्बिनी प्रदेशका शिर्ष नेताहरु : भोटै नहाल्ने देखि पहिलो मत खसाल्ने तयारीसम्म



बुटवल । लुम्बिनी प्रदेश भौगोलिक हिसावले उर्वर मात्र होईन शिर्ष नेता भएको प्रदेशकारुपमा पनि अग्रभागमा रहेको छ । जनयुद्धकालमा जनयुद्धको उदगमभूमी र जनआन्दोलनमा काठमाडौ पछिको सशक्त आन्दोलन गर्ने क्षेत्रकारुपमा पनि लुम्बिनी प्रदेशलाई राजनीतिकरुपमा चिन्ने गरिन्छ ।

स्थानीय तह निर्वाचनको अघिल्लो दिन सम्ममा प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै नेताहरु मतदान गर्न गृह पालिका पुगिसकेका छन् । अधिकांस नेताहरु आफ्नो पार्टीको पक्षमा स्थानीय तह निर्वाचनको परिणामलाई पार्न १०-१६ दिन पहिले देखिनै डेरा जमाएर बसेका छन् भने केही नेताहरु बिहिबार सम्ममा गाँउ पुगिसकेका छन् । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एमालेका पूर्व अध्यक्ष र हाल स्वतन्त्र रहेका बामदेव गौतमले चुनावलाई अघोषित बहिस्कार गर्ने भएका छन् । बर्दियाको बाँसगढीका मतदाता गौतम मतदान गर्न जिल्ला नजाने पारिवारिक स्रोतले जनाएको छ ।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले शुक्रवार बिहान ७ बजे रुपन्देहीको बुटवल उपमहानगरपालिका सडक डिभिजन कार्यालयको मतदान स्थलमा मतदान गर्नेछन् भने रुपन्देहीबाटै प्रतिनिधित्व गर्ने गृहमन्त्री समेत रहेका काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमा ८ को ज्योति आधारभूत स्कूलमा पहिलो मतदान गर्नेछन् ।

त्यस्तै रुपन्देहीकै एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री घनश्याम भुसालले रुपन्देहीकै तिलोत्तमा नगरपालिका वडा नम्बर ९ को विश्वशान्ति आधारभुत स्कूलको मतदान स्थलबाट मतदान गर्नेछन् । एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले रुपन्देहीको बुटवल ११ को लुम्बिनी वाणिज्य क्याम्पसको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका सचिवालय सदस्य वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्तीले रोल्पा नगरपालिका ७ मादिचौरको ताल उदय माबीबाट मतदान गर्नेछन् भने पूर्व सभामुख कृष्णबहादुर महराले रोल्पाको रोल्पा नगरपालिका १ स्थित तारा माद्यामिक विद्यालयको मतदान केन्द्र बामरुकबाट मतदान गर्नेछन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मीको रुरु गाउँपालिका वडा नम्बर ४ बलेटक्सारको ज्ञवा माविबाट मतदान गर्नेछन् । एमाले सचिव गोकर्ण विष्टले गुल्मीकै इस्मा गाउँपालिका वडा नम्बर ४ रामराज्य माविबाट मतदान गर्नेछन् । आफुलाई गुल्मीको नेता बताएपनि संघीय मन्त्री रामकुमारी झाँक्रीे भने गुल्मीकी मतदाता होइनन् । कांग्रेसका युवा नेता चन्द्र भण्डारीले गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर १ हुंगाको जनजागृति माविमा मतदान गर्नेछन् ।

त्यसैगरि एमाले महासचिव तथा पूर्व लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को जनता विद्यापीठ मावि विजौरीमा मतदान गर्नेछन् भने एमालेका अर्का सचिव टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा ९ को अर्घारजस्थल माविबाट मतदान गर्नेछन् । त्यस्रगरि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले रुपन्देहीको तिलोत्तमा ८ स्थित ज्योती माबीबाट मतदान गर्नेछन् ।

संविधानसभाकी पूर्व उपाध्यक्ष पूर्णाकुमारी सुबेदीले कोहलपुर ११ मा ज्ञानज्योती माबी बगीयाबाट मतदान गर्नेछिन् । नेकपा एकीकृत समाजवादीका नेताहरु बेदुराम भुसाल र बिजय पौडेलले आफुलाई अर्घाखाँची र रुपन्देहीको नेता बताएपनि उनीहरुले आफ्नो मतदाता नामावली काठमाडौंमा सारिसकेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ७ : ४३ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार