८ पुस २०८२, मंगलबार | December 23, 2025

गृहमन्त्री र कांग्रेस उम्मेदवारविरुद्ध फेरि उजुरी



बुटवल । गृहमन्त्री बालकृष्ण खाण रुपन्देहीको तिलोत्तमामा बसेर मतदाता प्रभावित पारेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । त्यस्तै काँग्रेस उम्मेदवार रामकृष्ण खाणले पनि मतदाता भेटघाट गरी मौन अवधिमा आचारसंहिताको उल्लंघन गरेको भन्दै आयोगमा उजुरी परेको छ ।

तिलोत्तमा नगरपालिकामा गृहमन्त्रीका भाई रामकृष्ण खाण मेयरका उम्मेदवार छन् । गृहमन्त्री खाणले आफ्नै घरमा विभिन्न मतदातालाई बोलाएर भेटघाट गर्ने गरेको र मौन अवधिमा समेत कतिपयलाई पार्टी प्रवेश गराएर आचारसंहिता विपरित गतिविधि गरेको भन्दै आयोगमा उजुरी परेको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ का दिपेश कंडेलले गृहप्रशासनको आडमा गृहमन्त्री जस्तो व्यक्तिले आचारसंहिता विपरित गतिविधि गरेको भन्दै मन्त्री खाण र काँग्रेस उम्मेदवार रामकृष्ण खाणमाथि कारवाहीको माग गरेका हुन् ।

गृहमन्त्री र उम्मेदवार खाण विरुद्ध यसअघि पनि आयोगमा उजुरी परेको थियो । आचारसंहिता विपरित घरदैलो कार्यक्रममा सहभागी भएको। भन्दै आयोगमा यसअघि नै उजुरी परेको थियो । त्यस्तै उम्मेदवार खाणविरुद्ध यसअघि सार्वजनिक स्थानमा प्रचार सामग्री राखेको भन्दै उजुरी परेको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ८ : १४ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको