२८ असार २०८३, आइतबार | July 12, 2026

प्रधानमन्त्री, सभामुखदेखि शीर्ष नेताले कहाँबाट गर्ने छन् मतदान ?



काठमाडौं । देशभरका कुल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ ।

देशभर एकै चरणमा निर्वाचन हुँदैछ । निर्वाचनमा सहभागी हुन मतदाता नामावली भएको गाउँ ठाउँमा स्थानीहरु पुगेका छन् ।

आज सवारी चल्ने भएसँगै एक दुई दित यता काठमाडौंसहितका मुख्य सहरी क्षेत्रमा रहेका मतदाता गाउँगाउँ पुगेका छन् ।

यसैक्रममा विभिन्न दलका शीर्ष नेताहरु पनि मतदानका लागि गाउँ पुगेका छन् । प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, सभामुखसहित राजनीतिक दलका शीर्ष नेताहरु मतदानका लागि आफ्नो मतदाता नामावली भएको स्थानीय तह पुगेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा केही दिन यता गृह जिल्लामा छन् । प्रधानमन्त्री शेरबहादुर देउवा मतदानका लागि डडेलधुरा पुगेका छन् । प्रधानमन्त्री देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र ९ख० बाट मतदान गर्ने छन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७ राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् । त्यसका लागि उनी सिन्धुपाल्चक पुगेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’केही दिन अघि नै चितवन पुगेका छन् । उनले भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल प्रहरी विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिकाबाट मतदान गर्ने छन् । त्यसका लागि उनी गौर पुगिसकेका छन् । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलामबाट मतदान गर्नेछन् । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माविबाट मतदात गर्ने छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गर्ने छन् । ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गर्ने छन् ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–२ को सत्यवती मावि केन्द्रबाट मतदान गर्ने छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबार हेटौंडा उपमहानगरपालिका ६ स्थित वंशगोपाल उच्च मावि मतदान केन्द्रमा मतदान गर्ने भएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ६ : ४७ बजे

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको