काठमाडौं । स्थानीय तह निर्वाचनमा मतदान गर्न मतदाता सुरु भएकोछ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म संचालन हुने निर्वाचन आयोगले जनाएको छ । मतदान केन्द्रभित्र प्रवेश गरेका मतदाताले ५ बजेसम्म मतदान सकेनन् भने नसकिउन्जेल मतदान हुनेछ ।
पाँच वर्षपछि स्थानीय जनप्रतिनिधि चयनका लागि मतदाता ७ बज्नु अघिदेखि नै लाइनमा बसेका छन् ।
जल तथा मौसम विज्ञान विभागले आजै देशका विभिन्न स्थानमा पानी पर्ने पूर्व सूचना जारी गरेको थियो । जसका कारण कतिपय मतदाताहरुले छाता समेत बोकेका छन् ।
मतदानको क्रममा कुनै अप्रिय घटना हुन नपाओस भनेर दशौं हजार सुरक्षाकर्मी र म्यादी प्रहरी परिचालन गरिएको छ ।
प्रतिक्रिया