२८ असार २०८३, आइतबार | July 12, 2026

गुल्मीको पुर्तिघाटमा किरियापुत्रीले गरे मतदान



गुल्मी । कालीगण्डकी गाउपालिका ४ गुल्मी पुर्तिघाटमा पितृकार्यमा किरिया बसेका किरिया पुत्रीहरु पनि स्थानीय तह निर्वाचनको मतदानमा सहभागी भएका छन् । बावुको किरिया गरिरहेका किरियापुत्रीहरुले पुर्तिघाटमा स्थित जीवनोद्धार माविको मतदान केन्द्रमा मतदान गरेका हुन ।

मतदान गरेका मध्य एक जना किरियापुत्री स्वयं वडा सदस्यका उम्मेदवार पनि हुन् । किरिया बसेको मध्य काइलो भाई राजेश कुमार श्रेष्ठ कालीगण्डकी गाउँपालिका ४ पुर्तिघाटबाट नेकपा एमालेबाट खुल्ला वडा सदस्यमा उम्मेदवार हुन् ।

नेकपा एमाले लुम्बिनी प्रदेशका जेष्ठ नागरिक सदस्य तथा स्थानीय नेता भगवती प्रसाद श्रेष्ठको निधन पछि किरिया बसिरहेका काइला छोरा श्रेष्ठ आफै उम्मेदवार भएपछि मतदानमा सहभागिता जनाएको उनीहरुले बताएका छन् । २०४६ सालदेखि अनेरास्ववियुबाट राजनीतिमा होमिएका उनी अहिले एमालेबाट खुल्ला वडा सदस्यको उम्मेदवार बनेका हुन ।

गुल्मीको कालिगण्डकी गाँउपालिकामा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन भएको छ। एमाले–माओवादी उठबन्धनबाट अध्यक्षमा रामजी ढकालको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट मन्जु दर्लामी उम्मेदवार छिन् ।

त्यस्तै कालिगण्डकीमा नेपाली काङ्ग्रेस र राष्ट्रिय जनमोर्चाबीच पनि गठबन्धन छ । सो गठबन्धनमा कांग्रेसबाट अध्यक्ष उम्मेदवार बेद बहादुर थापा छन भने उपाध्यक्षमा जनमोर्चाबाट उपाध्यक्ष तारा थापाले उम्मेदवारी दिएकी छिन । गाउपालिकामा १५२७९ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ८ : ०९ बजे

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण