काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गरेका छन् ।
गृह जिल्ला पर्वतको मोदी गाउँपालिका-७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका हुन् ।
स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिन अघि गाउँ पुगेका थिए ।
उता अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले मतदान गरेका छन् । रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ५ को यमुना नन्द नमुना माध्यमिक विद्यालयको ‘क’ मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।
मन्त्री शर्माले बिहान ७ बजे नै मतदान गरेको मतदान अधिकृत बिनाराम खड्काले जानकारी दिए ।
देशभर शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु भएको र त्यसलगत्तै मन्त्री शर्मा मतदान गरेर फर्किएको उनले बताए ।



















प्रतिक्रिया