८ पुस २०८२, मंगलबार | December 23, 2025

प्रचण्डले भने – निर्वाचनमा हारजित स्वभाविक छ



चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा हारजित स्वभाविक भएको बताएका छन् ।

भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले जित हारका कुरा स्वभाविक प्रक्रिया भएको बताएका हु्न् । उनले भने, “जित्ने र हार्ने कुरा निर्वाचन प्रक्रियामा स्वभाविक हो भनेर मान्नुपर्छ । जितमा अनावश्यक हौसिने र पराजयमा पूरै निराश हुने मानसिकताले राम्रो गर्दैन ।”

प्रचण्डले भयरहित वातावरणमा आत्मविश्वासका साथ स्वतन्त्रतापूर्वक मतदान सहभागी हुन मतदातालाई अपिल गरे । उनले भने ‘स्थानीय तह नै जनताको विश्वास, समृद्धि, शान्ति र स्थिरताको आधारशीला हो । मैले हुर्के बढेको बुथमा आएर मतदान गरेर आउँदा खुसी लागेको छ । भयरहित वातावरणमा मतदान गर्न म सबै मतदातालाई आग्रह गर्छु ।”

प्रचण्डले गठबन्धन देशका सबै तह, तप्का र जनताको बीचबाट जन्मिएको जिकिर गरे । राष्ट्र खतरामा जाने अवस्थामा गठबन्धन गरेको उनको तर्क थियो ।

प्रचण्डले आफूले देश दुर्घटनामा जान्छ भनेर नभनेको बताएका प्रचण्डले भने, ‘मैले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ भनेको होइन । मेरो भनाइ तोडमरोड गरियो । हँसिया हथौडामा नहाले, रेणुलाई भोट नहाले देश दुर्घटनामा जाने भनेकै होइन ।’

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : २३ बजे

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको