१२ पुस २०८२, शनिबार | December 27, 2025

मतदानको क्रममा विभिन्न जिल्लामा झडप – कतै निर्वाचन अधिकृत कुटिए, कतै सेना परिचालन



काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत आज देशभर मतदान जारी रहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म रहने निर्वाचन आयोगले जनाएको छ । अधिकांश ठाउँमा शान्तिपूर्वक रुपमा मतदान भैरहेको छ । यद्यपी, कतिपय जिल्लामा भने दुई पक्षबीच झडपका घटना भएका छन् ।
दोलखा, बारा र हुम्लाका केही मतदान केन्द्रमा झडप भएपछि स्थितिलाई नियन्त्रण गर्न सेना परिचालन गरिएको छ ।

झडपपछि दोलखाको वैत्यश्वर गाउँपालिका–३ मा मतदान स्थगित भएको छ। मतदानकै बीचमा माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि अहिले सेनाले मतदानस्थल नियन्त्रणमा लिएको छ ।

यसैगरी हुम्लाको चंखेली गाउँपालिका–२ स्थित महादेव मतदान केन्द्रमा झडप हुँदा मतदान अधिकृत घाइते भएका छन् । त्यहाँ गठबन्धन र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप भएको हो ।

यस्तै, बाराको पचरौता नगरपालिका २ बैरिया र देवताल गाउँपालिका ७ पिपरपाती मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ । अहिले ती दुवै ठाउँको मतदान रोकिएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : ४७ बजे

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

‘नयाँ-पुरानो होइन, एजेन्डा र गन्तव्य महत्वपूर्ण’ – महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ वा

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा । चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

काठमाडौं । नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा

रास्वपाको समानुपातिक उम्मेदवार छनोट आजदेखि, ३८० आकांक्षीबीच आन्तरिक मतदान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक