१८ श्रावण २०८३, सोमबार | August 3, 2026

मतदानको क्रममा विभिन्न जिल्लामा झडप – कतै निर्वाचन अधिकृत कुटिए, कतै सेना परिचालन



काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत आज देशभर मतदान जारी रहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म रहने निर्वाचन आयोगले जनाएको छ । अधिकांश ठाउँमा शान्तिपूर्वक रुपमा मतदान भैरहेको छ । यद्यपी, कतिपय जिल्लामा भने दुई पक्षबीच झडपका घटना भएका छन् ।
दोलखा, बारा र हुम्लाका केही मतदान केन्द्रमा झडप भएपछि स्थितिलाई नियन्त्रण गर्न सेना परिचालन गरिएको छ ।

झडपपछि दोलखाको वैत्यश्वर गाउँपालिका–३ मा मतदान स्थगित भएको छ। मतदानकै बीचमा माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि अहिले सेनाले मतदानस्थल नियन्त्रणमा लिएको छ ।

यसैगरी हुम्लाको चंखेली गाउँपालिका–२ स्थित महादेव मतदान केन्द्रमा झडप हुँदा मतदान अधिकृत घाइते भएका छन् । त्यहाँ गठबन्धन र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप भएको हो ।

यस्तै, बाराको पचरौता नगरपालिका २ बैरिया र देवताल गाउँपालिका ७ पिपरपाती मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ । अहिले ती दुवै ठाउँको मतदान रोकिएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : ४७ बजे

आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह

काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक