२३ भदौ २०८३, मंगलबार | September 9, 2026

गठबन्धनले कांग्रेस कमजोर भएको छैन : प्रधानमन्त्री देउवा



डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका छन् ।

शुक्रबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गरेका देउवाले संक्षिप्त प्रतिक्रिया दिएका हुन् ।

उनले सिंहदरबारका अधिकार गाउँगाउँमा पुगेको बताए । ‘निर्वाचन हुँदैन भन्ने शक्तिहरू पनि सामेल भएका छन्। स्थानीय तहको समृद्धि र विकासका लागि निर्वाचन महत्त्वपूर्ण थियो । अहिले निर्वाचन भएको छ,’ देउवाले भने, ‘चुनाव हुँदैन हुँदैन भन्ने केपी ओलीजीले पनि मतदान गर्नुभयो होला ।’

देउवाले गठबन्धनले कांग्रेस कमजोर नभएको बताए । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले चुनावमा पनि तालमेल गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १० : ४२ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी