१७ बैशाख २०८१, सोमबार | April 29, 2024

कुनै पनि मतदान केन्द्रको मतदान हालसम्म स्थगित भएको छैनः प्रमुख निर्वाचन आयुक्त



काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले हालसम्म कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित नभएको बताएका छन् ।

‘केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सुचारु हुनेक्रम जारी छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भनेका छन्, ‘कुनैपनि मतदान केन्द्रमा मतदान कार्य हालसम्म स्थगित भएको छैन ।’

उनले देशभर स्थानीय तह सदस्य निर्वाचनमा उत्साहपूर्वक मतदान भइरहेको जनाएका छन् ।

‘अहिलेसम्म केही स्थानमा छिटफुट घटना बाहेक देशभर स्थानीय तह सदस्य निर्वाचनमा शान्तिपूर्ण तथा उत्साहपूर्वक रुपमा मतदान भइरहेको छ,’ उनले भने ।

आज एकसाथ देशका सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन भइरहेको छ । आज विहान ७ बजेबाट मतदान सुरु भएको हो । मतदान बेलुकी ५ बजेसम्म चल्नेछ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ३ : ०९ बजे

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा

इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ