७ आश्विन २०८३, बुधबार | September 23, 2026

दुई दर्जन बढी ठाउँमा मतदान प्रभावित, १२ ठाउँमा हवाइ फायर



काठमाडौं । आज बिहानदेखि सुरू भएको स्थानीय तह निर्वाचन देशभर शान्तिपूर्ण रूपमा चलिरहेको छ । २ बजेसम्म देशभरबाट ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

त्यो अवधिसम्ममा विभिन्न जिल्लामा ३० भन्दा बढी ठाउँमा मतदान प्रभावित भएको छ । दुई पक्षबीच झडप, विवादका कारण ति क्षेत्रको मतदान प्रभावित भएको हो ।
झडपको स्थिति नियन्त्रणमा लिनलाई प्रहरीले १२ ठाउँमा हवाइ फायर गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले ३० भन्दा बढी ठाउँमा मतदान प्रभावित भएको बताए । प्रभावित भएका क्षेत्रमा पुनः मतदान गराउन पहल भईरहेको उनको भनाइ छ ।

छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्वक भइरहेको उनको भनाइ छ । दोलखा, रामेछाप, सर्लाही, पर्वत, हुम्ला, बाजुरा, दार्जुला, ओखलढुंगा, बारा, पर्सा, गोरखा, दैलेख लगायतका जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान प्रभावित भएको प्रवक्ता केसीले बताए ।

झडपपछि स्थिति नियन्त्रणमा लिनलाई हवाइ फायर गर्नुपरेको उनको भनाइ छ । केही स्थानमा भने सेनाले स्थिति नियन्त्रणमा लिएको छ । केही स्थानमा भने रोकिएको मतदान पुनः सञ्चालन भइसकेको छ ।

केही ठाउँमा रोकिएको मतदान पुनः सुचारू गर्ने विषयमा सर्वदलीय बैठकमा छलफल भइरहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ३ : २१ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज