१२ पुस २०८२, शनिबार | December 27, 2025

पाँचखालमा मतदान केन्द्र तोडफोड, तेमालमा हवाई फायर



काभ्रे । काभ्रेका आधा दर्जन मतदान केन्द्रमा मतदान चलिरहँदा तनाव उत्पन्न भएको छ । जिल्लाको पाँचखाल नगरपालिका, चौरीदेउराली गाउँपालिका र तिमाल गाउँपालिकाका विभिन्न मतदान केन्द्रमा झडप भएपछि मतदान रोकिएको बताइएको छ ।

पाँचखाल नगरपालिका १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान अधिकृतले लापरवाही गरेको भन्दै राजनीतिक दलका कार्यकर्ताहरुले मतदान केन्द्र नै तोडफोड गरेका छन् ।

मतदान अधिकृतले एकजनालाई दशवटासम्म मतपत्र दिएको भन्दै आक्रोशित कार्यकर्ताहरुले मतदानस्थल तोडफोड गरेको पाँचखाल नगरपालिकाका निवर्तमान मेयर महेश खरेलका प्रेस संयोजक कपिल कोइरालाले जानकारी दिए ।

मतगणनास्थल तोडफोड भएपछि निर्वाचनमा खटिएका कर्मचारीले मतपत्र र मतपेटिका सुरक्षित स्थानमा राखेका छन् भने मतदान रोकिएको छ । रोकिएको मतदान पुनः सुचारु गर्नका लागि सम्बन्धित दलका उम्मेदवार र प्रतिनिधिसँग छलफल भइरहेको काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

त्यस्तै जिल्लाकै चौरिदेउराली गाउँपालिका-६ को प्रभा मावि मतदान केन्द्रमा पनि दुई समूहबीच झडप हुँदा स्थिति तनावपूर्ण बनेको छ । अशक्त व्यक्लिे इच्छाएको व्यक्तिको सट्टा अर्कैलाई मतदान गर्न दिइएको भन्ने विवाद झडपमा परिणत भएपछि मतदान रोकिएको छ ।

काभ्रेकै तेमाल गाउँपालिका-७ को भुमेश्वर र वडा-८ को कुशेश्व माविमा पनि मतदान रोकिएको छ । उम्मेदवारका समर्थकहरुबीच झडप भएपछि मतदान रोकिएको बताइएको छ । कुशेश्वरमा भने स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले स्थिति तनावपूर्ण भएपनि मतदान स्थगित भने नभएको बताएकी छन् । राजनीतिक दलसँग छलफल गरी मतदान पुनः सुचारु गर्ने प्रयत्न भइरहेको उनले बताइन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ४ : १० बजे

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

बागमती प्रदेशमा धान उत्पादन वृद्धि

बागमती । बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य

ज्योति डिस्टिलरीको ब्वाइलर विष्फोट हुँदा एकको मृत्यु, छ जना घाइते

रौतहट । कटहरिया नगरपालिका-९ स्थित ज्योति डिस्टिलरीको ब्वाइलर विस्फोट हुँदा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि