१८ श्रावण २०८३, सोमबार | August 3, 2026

कालिगण्डकी गाउँपालिका गुल्मीमा ६३.०१ प्रतिशत मत खस्यो, आजैदेखि मतगणना सुरु गर्ने तयारी



पुर्तिघाट । कालिगण्डकी गाउँपालिका गुल्मीमा ६३.०१ प्रतिशत मत खसेको छ ।

निर्वाचन अधिकृत कार्यालय पुर्तिघाटका निर्वाचन अधिकृत तुलसिराम अर्यालका अनुसार गाउँपालिकाको १८ मतदान केन्द्रबाट ६३.०१ प्रतिशत मत खसेको हो ।

कुल १५२७७ मतदाता रहेको पालिकामा ९६३७ मत खसेको छ ।

७ ओटा वडा रहेको पालिकामा वडा नम्बर १ हर्मिचौरमा १२३८ मत खसेको छ । त्यस्तै वडा नम्बर २ अर्बेनीमा १५५९ मत, वडा न ३ जयखानीमा ६२९ मत, वडा ४ पुर्तिघाटमा १०४० मत, वडा नम्बर ५ फोसिङ्ममा १३५२ मत, वडा नम्बर ६ खडगकोटमा २०२५ मत र वडा नम्बर ७ भुर्तुङमा १७९४ मत खसेको निर्वाचन अधिकृत अर्यालले जानकारी दिए ।

पालिकाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको पनि अर्यालले जानकारी दिए ।

निर्वाचन अधिकृत कार्यालयले सर्वदलीय बैठक बसेर आजैदेखि मतगणना थाल्ने तयारी गरेको छ । पालिकाको १८ ओटा मतदान केन्द्रबाट मतपेटिका संकलन गरिसकेपछि मतगणना सुरु गर्ने गरी तयारी थालिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ८ : ४४ बजे

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

काठमाडौं ।  राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा