२३ बैशाख २०८३, बुधबार | May 6, 2026

१४ जिल्लाका ४४ केन्द्रमा मतदान स्थगित, अर्को मितिमा पुनः मतदान हुने, ६४ प्रतिशत मतदान



काठमाडौं । निर्वाचन आयोगले १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको जनाएको छ । दलहरुको आपसी विवाद र झडपका कारण १४ जिल्लाका १७ वटा स्थानीय तहका २८ वटा मतदान स्थलका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

राजनीतिक दल तथा उम्मेदवारका बीचमा भएको आपसी विवाद, अत्यनते सानातिना विषयमा पनि विवाद झागिंदै जाने र अन्त्यमा त्यसले उग्र रुप लिदा ति ठाउँमा मतदान स्थगित गरिएको उनको भनाइ छ ।

झडपको अवस्था आएपछि केही स्थानमा प्रहरीद्वारा बल प्रयोग गर्नुपर्ने अवस्था आएको उनको भनाई छ । आज मौसम खराबीका कारण पनि केही स्थानीय तहमा ठूलो वर्षातका कारणले सबै मतदाताले सहभागी हुन नसकेको स्थितिकाबीच सम्बन्धित निर्वाचन अधिकृतले मतदान स्थगन गरेको उनको भनाई छ ।

स्थगन गरिएको स्थानमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र आयोगसँग समन्वय गरेर त्यहाँको वस्तुस्थिति समेतको आधारमा छिट्टै पुनः मतदानको प्रक्रिया अघि बढाइने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

प्रकृतिको अप्ठ्यारोको कारण केही हिमाली जिल्लाहरु, दुर्गम जिल्लाहरु, आवागमनमा अप्ठ्यारो भएका जिल्लाहरुमा हेलिकोप्टरको माध्यमबाट भोलि ने मतपेटिकाहरु ओसार्नेगरी आवश्यक व्यवस्था मिलाइएको उनको भनाइ छ ।

आयोगले दुई ठाउँबाट निर्वाचनको अनुगमन गरेको थियो । नियोगद्वारा सञ्चालित कल सेन्टर र निर्वाचन आयोगमा पहिलादेखि नै स्थापना भएको संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त विवरणको आधारमा ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान उनले गरे ।

निर्वाचन आयोगले अपेक्षा गरेअनुसार मतदान नभएको उनको भनाइ छ । विभिन्न कारणले गर्दा अपेक्षाअनुसार मतदान नभएको उनको भनाइ छ ।

अत्यन्तै सहज पहुँच र सुविधा रहेको काठमाडौं महानगरमा पनि करिब ५२ प्रतिशत मतदान भएको देखिएको छ । भने अन्य क्षेत्रमा पनि यसकै हाराहारीमा मतदान भएको देखिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : ४१ बजे

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

सुदूरपश्चिम । भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

काठमाडौं । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण