२ चैत्र २०८२, सोमबार | March 16, 2026

बाँकेमा ८ वटै पालिकामा मतगणनाको तयारी



नेपालगन्ज । बाँकेमा छिटफुट घटनाहरु बाहेक स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान केही मतदान केन्द्रहरुमा साँझ ७ बजे सम्म चलेको थियो भने अधिकांस स्थानमा ६ बजे सम्ममा मतदानको काम सकिएको थियो ।

मतदान सम्पन्न भएसँगै जिल्लाका आठवटै पालिकामा मतगणनाको तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाको कार्यबिधि ‘सम्बन्धित पालिकामै निर्वाचन अधिकृतका कार्यालयले तय गर्ने व्यवस्था रहेको जिल्ला निर्वाचन अधिकारी रमा पन्तले बताईन् । आयोगले ताकेको बिधि पद्दतीमा रही सर्वदलीय सहमतीमा निर्वाचन अधिकृतको कार्यालयले गणनाको प्रारम्भ गर्ने उनले बताईन् ।

बाँकेमा एकमात्र उपमहानगर नेपालगन्जको मतगणना भेरी प्राविधिक शिक्षालयमा हुँदैछ भने कोहलपुर नगरपालिकाको मतगणनाका लागि नगरपालिकाको सभाहललाई मतगणनास्थल तोकिएको छ ।

राप्तीसोनारी गाउँपालिकाको मतगणना गाउँपालिका कार्यालय परिसरमा गरिएको छ भने डुडुवा गाउँपालिकाको मतगणना वनकट्टीमा रहेको श्री माध्यमिक विद्यालयमा गरिने निर्वाचन अधिकृत फटिकराम मुडवरीले जानकारी दिएका छन् ।

नगरउन्मुख खजुरा गाँउपालिकाको मतगणना कपास विकास समितिको सभाहलमा गर्ने तयारी गरिएको छ । त्यसैगरि नरैनापुर गाउँपालिकाका निर्वाचन अधिकृत रेशम आचार्यले गाउँपालिका कार्यालय नजिकैको विद्यालयमा मतगणना गरिने जानकारी दिए । बैजनाथ गाउँपालिकाको मतगणना प्रभात मावि जी गाउँमा हुनेछ भने जानकी गाउँपालिकाको लागि गाउँपालिका कार्यालयमा रहेको सभाहललाई मतगणनास्थल तोकिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरामा मतपेटिकाहरु मतगणनास्थलमा ल्याउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १० : ०० बजे

ड्रोन घटनापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अस्थायी रूपमा स्थगित

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोनसँग सम्बन्धित एक घटनापछि उडानहरू

लामिछानेविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

कञ्चनपुर । स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका