१५ बैशाख २०८१, शनिबार | April 27, 2024

बाँकेमा ८ वटै पालिकामा मतगणनाको तयारी



नेपालगन्ज । बाँकेमा छिटफुट घटनाहरु बाहेक स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान केही मतदान केन्द्रहरुमा साँझ ७ बजे सम्म चलेको थियो भने अधिकांस स्थानमा ६ बजे सम्ममा मतदानको काम सकिएको थियो ।

मतदान सम्पन्न भएसँगै जिल्लाका आठवटै पालिकामा मतगणनाको तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाको कार्यबिधि ‘सम्बन्धित पालिकामै निर्वाचन अधिकृतका कार्यालयले तय गर्ने व्यवस्था रहेको जिल्ला निर्वाचन अधिकारी रमा पन्तले बताईन् । आयोगले ताकेको बिधि पद्दतीमा रही सर्वदलीय सहमतीमा निर्वाचन अधिकृतको कार्यालयले गणनाको प्रारम्भ गर्ने उनले बताईन् ।

बाँकेमा एकमात्र उपमहानगर नेपालगन्जको मतगणना भेरी प्राविधिक शिक्षालयमा हुँदैछ भने कोहलपुर नगरपालिकाको मतगणनाका लागि नगरपालिकाको सभाहललाई मतगणनास्थल तोकिएको छ ।

राप्तीसोनारी गाउँपालिकाको मतगणना गाउँपालिका कार्यालय परिसरमा गरिएको छ भने डुडुवा गाउँपालिकाको मतगणना वनकट्टीमा रहेको श्री माध्यमिक विद्यालयमा गरिने निर्वाचन अधिकृत फटिकराम मुडवरीले जानकारी दिएका छन् ।

नगरउन्मुख खजुरा गाँउपालिकाको मतगणना कपास विकास समितिको सभाहलमा गर्ने तयारी गरिएको छ । त्यसैगरि नरैनापुर गाउँपालिकाका निर्वाचन अधिकृत रेशम आचार्यले गाउँपालिका कार्यालय नजिकैको विद्यालयमा मतगणना गरिने जानकारी दिए । बैजनाथ गाउँपालिकाको मतगणना प्रभात मावि जी गाउँमा हुनेछ भने जानकी गाउँपालिकाको लागि गाउँपालिका कार्यालयमा रहेको सभाहललाई मतगणनास्थल तोकिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरामा मतपेटिकाहरु मतगणनास्थलमा ल्याउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १० : ०० बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको