१८ श्रावण २०८३, सोमबार | August 3, 2026

निर्वाचनका दिन आचारसंहिता उल्लंघन गर्ने १७ अनलाईन सहित १८ सञ्चारमाध्यममाथि काउन्सिलको डण्डा



काठमाडौँ । प्रेस काउन्सिल नेपालले मतदानको दिन निर्वाचन आचारसंहिताविपरितका सामग्री सम्प्रेषण गर्ने १८ सञ्चार माध्यमलाई कारबाही गरेको छ । काउन्सिलले निर्वाचन आचारसंहिताविपरित सामग्री सम्प्रेषण गर्ने १७ अनलाइन र एउटा टेलिभिजनलाई ती सामग्री तत्काल हटाइ क्षमाचायना गर्न निर्देशन दिएको हो ।

काउन्सिलले पत्रकार गरेको मध्य ८ वटा सञ्चार माध्यमले तत्काल सामग्री हटाएको प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए ।

सञ्चार माध्यमले भुलसुधार गरी क्षमायाचनासहित सम्प्रेषित सामग्री हटाउनु र गल्ति स्वीकार्ने तत्परता देखाउनु सकारात्मक भएको बोहराले बताए । ती सञ्चार माध्यमले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालनामा सजग रहने प्रतिबद्धतासमेत जनाएका छन् । तर केही सञ्चार माध्यमले मौखिकरुपमा भुलसुधारको प्रतिबद्धता जनाएपनि भुलसुधार गरेको भने नपाइएको जनाउँदै उनले त्यस्ता सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीमा काउन्सिलले विशेष अनुगमन जारी राखेको बताए ।

काउन्सिलले निर्वाचनका दिन अनुगमन गरेका विभिन्न सञ्चार माध्यममध्ये आचारसंहिता विपरितका सामग्री सम्प्रेषित गरेका सञ्चार माध्यमलाई तत्काल हटाउन पत्र र फोनमार्फत निर्देशन दिएको थियो ।

काउन्सिलले निर्वाचनको मौन अवधिभर ६५ सञ्चार माध्यमलाई कारबाही गरेको छ । यस्तै यो अवधिमा दर्ता/सूचीकरण नभएका १८ बेव पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही भएको छ ।

अनुगमनका क्रममा सञ्चार माध्यमसँग आबद्धता रहेको नदेखिएका ४ वटा युट्युब च्यानललाई निर्वाचन आचारसंहिताविपरितका सामग्री सम्प्रेषण गरेका कारण अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा पत्राचार गरिएको सूचना अधिकारी बोहराले जानकारी दिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : ११ बजे

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

काठमाडौं ।  राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा

सिन्धुलीमा बसको ठक्करपछि सुनकोशीमा कार वेपत्ता

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी राजमार्गमा सोमबार बिहान

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न

दाह्रा काटिएको ध्रुवे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन

चितवन । बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती

आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह

काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा