२३ बैशाख २०८१, आइतबार | May 5, 2024

गोरखाको पालुङटारमा जसपा उम्मेदवार अगाडि



काठमाडौं । जनता समाजवादी पार्टी जसपाका उम्मेदवारले गोरखाको पालुङटार नगरपालिकाको मेयरमा अग्रता लिएका छन् ।

अहिलेसम्म ७०० मतगणना हुँदा जसपाका मेयरका उम्मेदवार प्रेम गुरुङले २५५ मत पाएका छन् ।

गुरुङलाई कांग्रेसका दीपकबाबु कँडेलले १९१ मतका साथ पच्छाइरहेका छन् । कँडेल २०७४ सालको निर्वाचनमा मेयरमा विजयी भएका थिए । यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार विवश चिन्तनले १६४ मत पाएका छन् भने एमालेका उम्मेदवार हरि भट्टले ४४ मत पाएका छन् ।

पालुङटारमा जसपाले पहिला कांग्रेससँग गठबन्धन बनाएको थियो । तर, जसपा कांग्रेसबीच कचपच परेपछि चुनावको मुखैमा एमालेसँग तालमेल गरेको थियो ।

उपमेयरमा भने नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठ १८८ मतका साथ अग्रस्थानमा छिन् । उनलाई माओवादी केन्द्रकी बन्दना पाण्डेले १६९ मतका साथ पच्छ्याइरहेकी छिन । उपमेयरमा एमाले उम्मेदवार पार्वती पाठकले ५२ मत पाएकी छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ९ : २९ बजे

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं