मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार मोहनसिं लालचन २ मतको अन्तरले मात्रै विजयी भएका छन् ।
केहीबेरअघिसम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार कांग्रेसका लालचनले ७६० मत हासिल गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सञ्जयकुमार थकालीले ६५८ मत पाएका छन् ।
त्यसैगरी उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार जमुना थापा मगर विजयी भएकी छिन् । उनले ६ सय ९३ मत ल्याएकी छिन् भने एमालेकी मीमकुमारी शेरचनले ६ सय १८ मत पाएकी छिन् ।
गाउँपालकामा कुल १ हजार ५९८ मत खसेको थियो ।
यस गाउँपालिकाको वडा नं. ३ मा एमालेको प्यानल र ४ मा कांग्रेसको विजयी भएको । यसअभि नै वडा नम्बर १, २ र ५ मा अध्यक्ष तथा सदस्यहरू निर्विरोध निर्वाचित भैसकेका छन् ।



















प्रतिक्रिया