१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

मुसीकोटको मेयरमा १३ मतले कांग्रेसका महेन्द्र केसी विजयी



रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ ।

मुसीकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका महेन्द्र केसी ६ हजार ९१४ मत ल्याएर विजयी भएका छन्। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का वसन्तकुमार शर्माले ६ हजार ९०१ मत प्राप्त गरे ।

यस्तै, उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का विमलकुमार पुनमगर ६ हजार १४० मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का थलबहादुर ओलीले पाँच हजार ९८५ मत ल्याए ।

मुसिकोटामा एमाले र कांग्रेसको तथा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन भएको थियो । चौध वडामध्ये आठमा माओवादी केन्द्र र ६ वडामा कांग्रेस विजयी भएको छ ।

यस्तै बाफीकोट गाउँपालिकामा समेत नेपाली कांग्रेस विजयी भएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ८ : १८ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर