इलाम । इलामका दुई हेवीवेट नेता एमाले उपाध्यक्ष सुवास नेम्वाङ र एकीकृत समाजवादीका सम्मानित नेता भलनाथ खनालको गृहनगरको सुरूवाती परिणाम रोचक देखिएको छ ।
नेम्वाङको गृह नगर इलाममा गठबन्धनका तर्फबाट कांग्रसका उम्मेदवारले अग्रता लिएका छन् ।
कांग्रेसका केदार थापाले १३५ मतसहित अग्रस्थानमा रहँदा एमालेका उम्मेदवार धिरेनकुमार चेम्जोङले १०७ मत सहित पछिपछि छन् ।
उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार विष्णुकुमारी लिम्बुले अग्रता लिएकी छिन् ।
यसैगरी खनालको गृहनगर सूर्योदय नगरपालिकामा खनालकै दल नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।
एकीकृत समाजवादीका उम्मेदवार रनबहादुर राईले १५८ मतसहित अग्रता लिएका छन् । एमालेका उम्मेदवार काजीमान कागतेले १५२ मत ल्याएका छन् ।
यी दुवै नगरपालिकामा सत्तारूढ दलहरूबीच गठबन्धन बनेको थियो ।



















प्रतिक्रिया