काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रारम्भिक मतगणना सार्वजनिक भएको छ । प्रारम्भिक मतगणनाअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाह २२ मतसहित अघिअघि रहेका छन् । उनको पछिपछि कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापित रहेका छन् ।
वडा नं. १ बाट सुरु गरिएका ५० मत मध्ये बालेनको लौरोले ११ मत प्राप्त गरेको छ । यसैगरी कांग्रेसकी सिर्जनालाई ११ र एमालेका स्थापितलाई ९ मत प्राप्त भएको छ । उता, वडा नं. ३२ बाट २५ मत गन्दा बालेनले ११ मत पाएका छन् भने सिर्जनाले ७ र स्थापितले ३ मत पाएका छन् ।
अहिलेकै अवस्थाबाट कुनै मूल्यांकन गर्न नसकिने भएपनि निकै चर्चामा रहेका बालेनले ठ्याक्कै कति मत ल्याउलान या कतिपयले भने जस्तै दलहरुलाई चक्मा दिएर विजयी बन्लान भन्ने कौतुहलता बढेको छ ।



















प्रतिक्रिया