बर्दियाको बाँसगढीमा एमाले माओवादीबीच प्रतिस्पर्धा, एमालेले लियो अग्रता

बर्दिया । बर्दियाको बाँसगढी नगरपालिकामा २४०० मत गन्दा झिनो मतले एमाले उम्मेवारले अग्रता लिएका छन् । बिहानबाट सुरुभएको मतगणनामा २४०० मत गन्दा नगर प्रमुखमा एमाले उम्मेदवार खड्क बहादुर खड्काले ११०० मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका भवन कुमार थारुले ८६६ मत प्राप्त गरेका छन् ।
बाँसगढीमा उपमेयरमा एमाले उम्मेदवार ईन्दीरा चौधरीले १०८९ मत प्राप्त गरेकी छन् भने माओवादी केन्द्रककी भोमी विटालुले ८४८ मत ल्याएकी छन् । बाँसगढीमा कांग्रेसले तेस्रो स्थान सहित पछ्याईरहेको छ ।
बाँसगढी पछिल्लो समय स्वतन्त्र बसेका एमाले पूर्व उपाध्यक्ष वामदेव गौतमको गृह नगरपालिका हो ।