१८ श्रावण २०८३, सोमबार | August 3, 2026

कञ्चनपुरमा कांग्रेस र माओवादीको अग्रता



कञ्चनपुर । कञ्चनपुरका नौ पालिकामध्ये नेपाली कांग्रेसले यहाँका चार पालिकामा जारी मतगणनामा अग्रता लिएको छ ।

महाकाली पारीको दोधारा चाँदनी नगरपालिकामा नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार गोपाल भट्टले ६०० मत गणना हुँदा ३२६ र नेकपा (एमाले)का उम्मेदवार किशोर लिम्बूले २३९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी बेल्डाडी गाउँपालिकामा पनि नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार हरिषचन्द्र राना र उपाध्यक्षमा शान्ति नाथले सुरुआती अग्रता लिएका छन, भने उनलाई एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । बेल्डाडीमा अध्यक्षमा कांग्रेसका रानाले १९१ मत पाउनु भएको छ भने उपाध्यक्षमा कांग्रेसकै नाथले २७२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी सो पालिकामा एमालेका अध्यक्षका उम्मेदवार अक्कलबहादुर विष्टले ११६ र उपाध्यक्षमा फुलकुमारी रानाले २२३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी बेलौरी नगरमा नेकपा (माओवादी केन्द्र)का नगरप्रमुखका उम्मेदवार पोतिलाल चौधरीले अग्रता लिएका छन । बेलौरीमा एक हजार ३८३ मतगणना हुँदा माओवादीका चौधरीले ५२० मतसहित अग्रता लिएका छन् ।

सो पालिकामा एमालेका नगरप्रमुखका उम्मेदवार कमला बोहराले ४२४ मत ल्याएका छन् भने नेपाली कांग्रेसबाट नगरप्रमखुका उम्मेदवार बनेका होसियार विष्टले ३४० मत प्राप्त गरेका छन्।

उता लालझाडी गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार बनेका श्रीकृष्ण रानाले अग्रता लिएका छन् । वडा नं ६ मा वडाध्यक्षसहित प्यानल कांग्रेसको विजयी भइसकेको छ । हालसम्मको गणनाअनुसार कांग्रेसका श्रीकृष्णले ६०१ मत, एमालेका अध्यक्षका उम्मेदवार निर्मल रानाले ५५२ मत र माओवादीका अध्यक्षका उम्मेदवार मदन सेन बडायकले ४४३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी भीमदत्त नगरमा पनि नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटीले नगर प्रमुख पदमा सुरुआती अग्रता लिएका छन् । यहाँ एक सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार बोगटीले ५३ र एमालेका नगरप्रमुखका उम्मेदवार महेश पन्तले १४ मत प्राप्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजेन्द्र पाण्डेयले १५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी यहाँको बेदकोट र शुक्लाफाँटा नगरमासमेत गणना सुरु भएको छ । भने अन्य पालिकामा पनि शनिबार दिउँसोदेखि गणनाको तयारी गरिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : ३१ बजे

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

काठमाडौं ।  राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा