२३ बैशाख २०८३, बुधबार | May 6, 2026

बागलुङका चार पालिकामा मतगणना जारी, दुईमा हुन सकेन



बागलुङ । बागलुङ नगरपालिकासहित चार पालिकामा मतगणना ढिलो गरी सुरु भएको छ । दश पालिकामध्ये तीन पालिकामा दिउँसोदेखि मत गणना सुरु भएको छ । साँझदेखि चार पालिकामा मतगणना सुरु भएको छ ।

बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, तमानखोला गाउँपालिका र काठेखोला गाउँपालिकामा मत गणना सुरु भएको छ । दिउँसो गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, निसीखोला गाउँपालिकाका केही वडाको मत परिणाम आइसकेको तर बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकामा मत गणना हुन सकिरहेको छैन । ढोरपाटनमा सर्वदलीय बैठकमा नै झडप हुँदा दुई घाइते भएका छन् भने बडिगाडमा सर्वदलीय बैठकमा सहमति हुन सकेको छैन ।

बागलुङ नगरपालिकामा ५ बजेदेखि मतगणना सुरु जारी छ । सर्वदलीय बैठकको निर्णयानुसार बागलुङ नगरपालिकाको मतगणना जिल्ला समन्वय समिति बागलुङको सभाहलमा भैरहेको छ । मतगणनाको सुरुआत मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले गरेका थिए। १४ वडा रहेको बागलुङ नगरपालिकाको दुई स्थानमा मतगणना भइरहेको छ । अहिले बानपा–१ रामरेखा र बानपा–१४ नारायणस्थानको मतगणना भइरहेको छ । ४० हजार ११८ रहेको नगरपालिकामा २५ हजार ८४१ मत खसेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : १३ बजे

पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानीः विवरण बुझाउन गृहलाई कडा निर्देशन

काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण

एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजीगाँजा बरामद

सुनचाँदीको मूल्यवृद्धि

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

सुदूरपश्चिम । भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ