१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

चितवनमा एमालेले खाता खोल्यो, दुई वडामा प्यानलै विजयी



चितवन । चितवनमा एमालेले विजयको खाता खोलेको छ । कालिका नगरपालिका-११ र राप्ती नगरपालिका-६ मा एमालेको प्यानलै विजयी भएको हो ।

कालिका-११ को अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत ल्याएर विजयी भएका हुन् । विजयी हुने महिला सदस्य सीता माया चेपाङले ५०९, खुल्ला सदस्य मिलन चेपाङले ५१७ र लोकबहादुर प्रजाले ४९७ मत ल्याएका छन् । यस अगाडि नै दलित महिला सदस्य भने निर्विरोध निर्वाचित भइसकेकी छन ।

राप्ती – ६ को अध्यक्षमा जल्लु महतो थारु १८ सय १६ मत ल्याएर विजयी भए । वडा सदस्यमा एमालेका ममिता कुँवरले १७ सय ५८, राजकुमार तामाङले १६ सय ५३, सहदेव सेढाइले १४ सय ७७ र दलित महिला सदस्य गुनु विकले १७ सय ५२ मत ल्याएर विजयी भएका हुन् ।

एउटा वडाको मतगणना सकिंदा राप्तीको मेयरमा एमालेका गोविन्द कँडेलले १५ सय ३२, गठबन्धनबाट नेकपा एसका शमशेर लामाले १२ सय ७८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ६ : १४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम