१२ पुस २०८२, शनिबार | December 27, 2025

माडी-१ मा राप्रपा र ९ मा माओवादी केन्द्र विजयी



चितवन । नेपाली कांग्रेसको गण मानिने माडी नगरपालिका-१ मा राप्रपाले वडाध्यक्ष जितेको छ । राप्रपाका अमित लामाले १४ सय ३३ मत ल्याएर विजयी भएका हुन् ।

उनी यसअघि सोहि वडाको वडा सदस्य थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जीवन चौधरी गुरौले ९४३ मत ल्याए भने एमालेका टिकाराम सुवेदीले १२६ मत मात्रै प्राप्त गरे । सदस्यमा पनि राप्रपाकै उमेदवार विजयी भएका छन् । राप्रपाका अप्सरा सुवेदी, दिपेन्द्र महतो, दलित महिला सदस्यमा गुना धमाला लोहार र कांग्रेसका जय नारायण लामिछाने निर्वाचित भए ।

माडी-९ को अध्यक्षमा माओवादीका घनश्याम दवाडीले जितेका छन् । दवाडीले १ हजार १८ मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धी एमालेका शिवहरी सुवेदीले ५०८ मत मात्रै प्राप्त गरे । राप्रपाका कुलबहादुर दुराले ४६९ मत ल्याए । यसअघि यस वडामा एमालेका सुवेदीले जितेका थिए ।

वडा सदस्यमा गठबन्धनबाट कांग्रेसकी विना थापा, दलित सदस्यमा माओवादीकी हरिमाया विक र खुला सदस्यमा कांग्रेसका नारायणदत्त अधिकारी र मोहन सिंह स्याङतान विजयी भए ।

इच्छाकामना गाउँपालिका-२ को अध्यक्षमा एमालेका पञ्चबहादुर चेपाङ विजयी भए । उनी ६८३ मत ल्याएर दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः निर्वाचित भएका हुन् ।

गठबन्धनबाट अध्यक्षका उमेदवार माओवादीका प्रकाश बुढाथोकीले ५१४ मत प्राप्त गरेपनि निर्वाचित हुन सकेनन् । २०७४ मा पनि चेपाङ र बुढाथोकीबीच नै प्रतिस्पर्धा भएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ८ : ४९ बजे

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं । हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले

भियतनाममा यात्रुबाहक बस पल्टिँदा कम्तीमा ७ जनाको मृत्यु

एजेन्सी । भियतनामको उत्तरी पहाडी प्रान्त लाओ काइमा शनिबार बिहान

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी । थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका

‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको

बालेन र कुलमानबीच छलफल, रास्वपाको प्रस्तावबारे छलफल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत